“भारतसँगको सीमाविवाद म सल्टाउन सक्छु, नेतृत्व मलाई दिइयोस्” – सुजाता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी-लिपुलेक लगायतका सीमा विवाद बारे भारतसँग वार्ता गर्न टोलि गठन गरेर आफूलाई नेतृत्व दिन आग्रह गरेकी छन्।

कोइरालाले संघीय संसदको अन्तराष्ट्रिय समितिको बैठकमा सोमबार यस्तो प्रस्ताव राखेकी हुन्। कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न उनको प्रस्ताव छ।

भारतसंग सीमाविवाद रहेका क्षेत्रका विषयमा वार्ता गर्न सबै दलका प्रतिनिधि राखेर टोलि बनाउनु पर्ने उनको बैठकमा बताइन्। सीमा मिचिएको विषयमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा नेतृ सुजाताले समस्या समाधान आफूले गर्न सक्ने दावी गरिन्।

केहि समय अगाडी आफूले भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको विषय समेत उल्लेख गर्दै अब त्यसको औचित्य सकिएको बताइन्।

भारतसंगको सीमाविवादलाई राजनीतिक दल तथा नेताहरुले राजनीति गर्ने विषय मात्र बनाएको भन्दै असन्तुष्टि पोखिन्। सीमाविवादलाई लिएर चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको भएपनि आवश्यक कदम भने कसैले नचालेको उनको आरोप छ।

चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

चितवन जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ । सङ्कलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उनले बताए।

भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण सङ्कलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो । सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन् । ती नाम भने हालसम्म पठाइएको छैन ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०५:२९

कविता मार्फत प्रधानमन्त्री ओलीलाई गगनको झटारो ! [भिडियो सहित]