काठमाडौँ, बैशाख २९ । नेपाली भूभाग कब्जा गरेको भारतले अहिले आफ्ना सेनाका हेलिकप्टर सीमा क्षेत्र तथा नेपाली आकाशमा उडाईरहेका छन् । अहिले नेपालमा कालापानी-लिपुलेकस्थित रहेको अ-तिक्रमित भूमिको मुद्दा चर्किदै गर्दा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ । यस अघि नै भारतले नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको थियो।
भारतीय सेनाको हेलिकप्टरले सोमबार नै चारपटक ओहोर-दोहोर गरेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताएका छन् । भारतीय सेनाको हेलिकप्टर दैनिक ५/६ पटक कालापानीमा समान पुर्याउन आएको हुन सक्ने उनको अनुमान रहेको छ । साथै मेसिन, सामान ढुवानी गर्न हेलिकप्टर दैनिक आइरहेको छ।
केहि दिन अगाडी भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक-मानसरोवर जोड्ने सडक उद्घाटन गरेको तस्विर सामाजिक संजालमा राखेपछि नेपालमा एकपटक फेरि कालापानी र लिपुलेककोमुद्दा चर्किएको छ ।
नेपाल सरकारले यही बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरुमा पठाउने सरकारी तयारी गरेको छ।