ऋषि कपुरलाई भेट्न न्युयोर्क पुगे अर्जुन, मलाईका !

एजेन्सी , बलिउड अभिनेत्री मलाईका अरोरा र अर्जुन कपुर पछिल्लो समयमा न्युयोर्कमा छुट्टी मनाईरहेका छन।  यसै अवसरमा यी दुईले न्युयोर्कमा स्वास्थ्य उपचार गराईरहेका ऋषि कपुरलाई भेट्न पुगेका छन।  जुन कुराको जानकारी ऋषि स्वयमले  सामाजिक संजालमा पोस्ट शेयर गर्दै गरेका हुन्।

तस्बिरमा ऋषि ले अर्जुन मलाईकाको हात समाएको देख्न सकिन्छ साथै मलाईकालाई सेतो टप्समा अत्यन्तै सुन्दर देखिएको छ। त्यस्तै नितुले पनि इंस्टाग्राम मार्फत तस्बिर शेयर गरेकी छिन।

मलाईका र अर्जुन पछिल्लो समय मोज मस्तीमा नै समय बिताईरहेका छन् त्यस्तैमा लामो समयदेखि आफ्नो प्रेम सम्बन्धको बारेमा चुपचाप रहेकी  मलाईकाले अर्जुनको जन्मदिनको अवसरमा आफ्नो सम्बन्ध खुलाएकी थिइन्। साथै इंस्टाग्राम मार्फत एकसाथ संगै रहेको तस्बिर समेत शेयर गरेकी थिइन्।

 

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६१०:४२

तस्बिरमा हट देखिएकी जेरी अभिनेत्री आना शर्मा, हेर्नुहोस !