सुन्दरताको विषयमा युवा-युवतीहरुको धेरै चासो हुने गर्छ। आफ्नो अनुहारको सुन्दरता कायम राख्नको लागि सबैले धेरै कोसिस गर्ने गर्छन्। सुन्दर देखिनैको लागि विभिन्न कस्मेटिकको प्रयोग पनि धेरैले गर्ने गर्छन्। तर कस्मेटिकको साइड इफेक्ट हुने हुँदा घरेलू उपाय अपनाउन रुचाउनेको संख्या पनि ठूलै संख्यामा पाउन सकिन्छ।
कस्मेटिकलाई सर्टकटको रुपमा लिने चलन बढेको छ। तर घरेलू तरिका अपनाउने हो भने सुन्दरता लामो समय सम्म कायम रहन सक्छ। घरेलू तरिका अपनाएर अनुहार सुन्दर बनाउन समय लाग्ने हुँदा कस्मेटिकको प्रयोग बढेको छ।
कस्मेटिकलाई छोडेर अनुहार सुन्दर बनाउन निम्न उल्लेखित उपाय अपनाउन सक्नुहुन्छ।
आवश्यक सामग्री
चामलको पिठो, दुध पाउडर,कफी पाउडर, गुलाब जल र बडी लोशन।
यदी दुध पाउडर नभएको खण्डमा मैदा प्रयोग गर्न सकिन्छ। गुलाब जलको ठाउँमा दुध पनि प्रयोग गर्न सकिन्छ।
अनुहारमा कसरी लगाउने ?
माथि उल्लेखित चीजहरुलाई एक कचौरामा मिसाउनुहोस्। मिसाएर बनाएको पेष्टलाई केहि समय कचौरामा राखेर पूरै मिश्रण हुन दिनुपर्छ। यसरी तयार भएको पेष्टलाई बालो लेपन रहने गरी अनुहारमा लगाउन सकिन्छ। लेपन लगाएपछि अनुहारलाई ३० मिनेट सम्म छोडेर मन तातो पानीले धुँदा अनुहारमा भएका फोहोर मात्र नभई चिल्लोपना पनि निर्मुल हुन्छ।
राम्रो नतिजाको लागि यस घरेलू उपाय बेलुका सुत्नु भन्दा अगाडी गरेको राम्रो हुन्छ। साथै हप्तामा ३ पटक मात्रै यसो गर्नाले पनि क्रमिक रुपमा अनुहारमा चमक बढेर जान्छ।