जान्नुहोस्, उमेर अनुसार कति घण्टा सुत्ने ! कम सुत्दा पर्न सक्छ स्वास्थ्यमा गम्भीर असर !

मानव शरीरलाई एक मेसिनसँग तुलना गर्न सकिन्छ। मेसिनलाई मात्र नभई मानव शरीरलाई पनि आराम चाहिन्छ। मानव शरीर दिन भरिको तनावबाट थकित भएको शरीरलाई उर्जा दिनको लागि सुत्नै पर्ने हुन्छ। शरीरलाई चाहिने उचित निन्द्रा नभएको खण्डमा शरीरमा विभिन्न समस्याहरु देखा पर्ने गर्छन्।

शरीरमा भएको थकान हटाउनको लागि मात्र नभई शरीर भित्र हुने विभिन्न विकाससँग अन्य शरीर प्रक्रियाहरुको लागि निद्र अनिवार्य मानिने गर्छ। निन्द्रा नपुगेको खण्डमा शरीरमा विभिन्न समस्या देखा पर्ने गर्छन्। चिकित्सकहरुको सल्लाह अनुसार कति समय सुत्ने भन्ने निर्धारण गर्नु स्वास्थ्यको हिसावले राम्रो हुन्छ। कुन उमेरको व्यक्तिले कति सुत्ने ?

नवजात शिशु

दैनिक रुपमा एक नवजात शिशुले १५ देखि १७ घण्टा सम्म सुत्नु पर्ने हुन्छ। शरीरमा हुने विभिन्न विकासको लागि यस भन्दा कम सुत्नेको खण्डमा नवजात शिशुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गर्छ।

३ देखि ५ बर्ष सम्म बच्चाहरु

यो उमेरका बच्चाहरु को लागि १० देखि १४ घण्टा सुत्न आवश्यक हुने गर्छ। यदि यस उमेरका बच्चाहरु यस भन्दा कम निदाएको खण्डमा शारीरिक विकासमा असर पर्ने गर्छ।

६ देखि १३ वर्षका बालबालिकाहरू

यस उमेरका बालबालिकाहरु स्वस्थ रहन ९ देखि ११ घण्टा सुत्नु पर्ने हुन्छ। जीवनमा सबै भन्दा धेरै विकास हुने यस उमेरमा पर्याप्त नसुत्ने हो भने शरीर कम्जोर साथै अविकसित हुन सक्छ।

किशोरावस्था

किशोरावस्थामा रहने १४ देखि १७ वर्ष सम्मको मानव शरीरलाई ९ घण्टा निन्द्रा आवश्यक हुने गर्छ।

१८ वर्ष भन्दा बढी

मानव शरीरको विकास लगभग १८ वर्ष सम्म पूर्ण हुने गर्छ। बाँकि रहेको उमेरमा उल्लेख्य विकास नभई बिस्तारै विकास हुने हुँदा १८ वर्ष नाघेका व्यक्तिहरुलाई सामान्यतया ७ देखि ८ घण्टा सम्म निन्द्रा चाहिने गर्छ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१६:२२

“कोरोना निको भएपनि किड्नी, फोक्सो देखि मुटु सम्मका समस्या”