काठमाडौँ – पूर्व युवराज पारश शाहले पोखरामा राहत वितरण गरेका छन्। शाहले मंगलबार पोखरा महानगरपालिका १८ पामेमा राहत वितरण गरेका हुन्।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका जलारी समुदायका परिवारलाई शाहले राहत वितरण गरेको बताइएको छ।
लकडाउनका कारण जाल हान्न नपाएर जलारी समुदायका मानिसहरु समस्यामा थिए। जसलाई मध्यनजर गर्दै शाहले करिब ४५ परिवारलाई राहत वितरण गरेको पारस निकट व्यक्तिहरुले बताएका छन्।
पूर्व युवराज पारश शाहले सो समुदायकी ८४ बर्षीय ज्येष्ठ नागरिक रत्नमाया जलारीलाई राहत हस्तान्तरण गरेको बुझिएको छ। राहत बितरण कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्ग तथा असहायहरुलाई प्राथमिकता दिइएको थियो।
शाहका सहयोगीहरुका अनुसार उनले मंगलबारबाट राहत वितरणको कार्य शुरु गरेका छन्। लकडाउन घोषणा भएको ५० दिन पुगिसकेको हुँदा अब जनतामा खाद्य अभाव हुने कुरालाई मध्यनजर गर्दै राहत वितरण शुरु गरिएको उनका सहयोगीहरुले बताए।
लकडाउन अगाडी देखि नै पारस पोखरा छन्। केहि समय देखि सामाजिक संजालमा समेत सक्रिय छ। फेसबुक लाइभहरुमा