अक्सर तपाईले फिल्म या कुनै धारावाहिक टेली सृंखलामा पिचाशको रगत पिएको देख्नु भएको छ होला तर के मानिसले मानिसको रगत पिउने कुरा तपाइले कहिल्यै सुन्नुभएको छ यो कुरा वास्तविक हो। इटालीमा बस्ने एक प्रेम जोडीले बिगत लामो समयदेखि एक अर्काका रगत पिउदै आइरहेका छन। पांच बर्ष पहिले डेनिस नाम गरेका एक व्यक्तिले सर्कस संचालनका लागि असिस्टेन्टको आवश्यक रहेको बिज्ञापन फेसबुक मार्फत गरेका थिए। यसैको माध्यामबाट उनको भेट इलारिया नामक महिलासंग भएको थियो सोहि समय देखि यी दुई एक साथ संगै बस्दै आइरहेका छन।
डेनिस र इलारियाले एक अर्काको रगत पिउन जर्मनीमा पिचाशको कथामा आधारित शो हेरे पछि सुरु गरेका हुन्। त्यस पश्चात यी दुईले हालसम्म पनि लगातार रुपमा एक अर्काका रगत पिउदै आइरहेका छन।
रगत पिउने समयमा यी दुइले समय अनुसार आफ्नो स्वास्थ्यको ख्याल राख्ने गरेका छन। गर्मीको मौसममा रगत छिट्टै जम्ने र ढिक्का बन्ने भएकाले सिरिन्ज र सुईको मदतले रगत निकाली तुरुन्तै पिउने गरेका छन। उनीहरुका अनुसार रगत एक पौराणिक जुस हो, जुन जीवनसँग जोडिएको हुन्छ। यसका अलावा एक दोस्रोका रगत पिउनाले माया बढ्ने र एक अर्काको स्वस्भावामा समेत समानता आउने भएकाले एक अर्काका रगत पिउने गरेका हुन्।