रबिमाथि चर्को व्यंग्य प्र-हार भएपछि दिपकराजले खोले मुख, हामिबाट एउटा गल्ति भयो…

काठमाडौँ,  गत सोमबार पत्रकार रबि लामिछाने, उनकी श्रीमती निकिता पौडेल सहित हास्यकलाकार दिपक राज गिरी, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर लगायत भेला भएर खाना खाएको केहि फोटो र भिडियो सामाजिक संजाल फेसबुकको स्टोरिमार्फत सार्वजनिक भएको थियो ।

उक्त फोटो तथा भिडियोमा यी सबै  कलाकारले अभिनेता अनुराग कुँवरकोमा खाना खाएका थिए। र सोहि बेला खिचिएको  फोटो र भिडियो केहि कलाकारमार्फत सामाजिक संजालमा सार्वजनिक भएको थियो। जसमा पत्रकार रबि लामिछाने पनि देखिएपछि उनलाई धेरैले हाँसोको पात्र बनाएका थिए ।

उनले केहि समय पहिले टेलिभिजन कार्यक्रममा कोरोनाबारे दिएको चर्चित संदेश (घरमै भएको एक थरि तरकारीमा ऐना हेर्न मिल्ने गरि तर्लंग झोल हालेर खाउ, तर बाहिर नजाउ, बाच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै ७ थाल थपि-थपि खानुहोला) र सोमबार सार्वजनिक भएको केहि फोटो र  भिडियो क्लिपलाई धेरैले टिकटक बनाएर व्यंग्य हानेका थिए। धेरै मानिस अरुलाई उपदेश दिनेले आफुले पनि उपदेशको पालना गर्न सक्नुपर्छ  भन्दै रबिमाथि खनिएका थिए। यसरी रबि लामिछानेमाथि धेरैले व्यंग्य प्र-हार गरेपछि दिपकराज गिरिले उक्त तस्विर र भिडियोबारे मुख खोलेका छन्। उनि लेख्छन्, ‘आज म लेख्दैछू …

लगभग १०,१२ दिन राहत बाड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बाढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ, केहि फ़िल्मी पत्रकार साथिहरूलाइ!!!
समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ….
शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले, जबकि त्यो फोटो सोमबारको हो।
तपाइहरूको स्क्रिप्ट यहिबाट चिप्लिन सुरू भो,

तपाइहरूले लेख्नु भएको स्क्रिप्टमा केहि सत्य कुरा नि हालौ है त?
कुरा हो सोमबारकोजति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए।  अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ। दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत, अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो। रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडकभ’डक गर्यौ, न त्यो कुनै पार्टी नै थियो।

जहां सम्म रबी लामिछाने जी को कुरा छ ,  उहा लाखौ नेपालीहरूको आशाको केन्द्र हो , अत: उहा माथिको प्र-हार गलत छ र त्यो आ’रोप मा एक रत्ती सत्यता पनि छैन।  त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन, एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ।  मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ.. थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ। त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो, हामि पनि घर आयौ….मसला नभएको कथा चाहि यहि हो !!!

तैपनि हामिबाट एउटा गल्ति चाहि भयो। सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ .. “लखर लखर हिडेर म-दिरा पार्टी गरेर , नॉचगान गरेर उ-च्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ….. ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ….. जय नेपाल!!!

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७१२:५४

कोरोना: भक्तपुरका सडक र पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय