काठमाडौंमा सबैको कोरोना परीक्षण गरिने !

काठमाडौँ – कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा सम्पूर्णको कोरोना परिक्षण गरिने भएको छ।

काठमाडौँ उपत्यका बाहिरबाट फर्कि आउनेको संख्या उच्च रहेको थाहा हुन आएसँगै काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको हो।

विभिन्न चरण गरेर काठमाडौं उपत्यकामा रहेका सम्पूर्णमा कोरोना परीक्षण गरिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ।

बिहिबार देखिनै कोरोना परिक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ। । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीमा कोरोना भाइरस संक्रमण परीक्षण गरिने स्वास्थ्य सेवा विभागको भनाई छ।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०४:४१

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो: नेपालमा कोरोना संक्रमित २५० नभई २४५ !