काठमाडौँ – बिहिबार थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परिक्षणबाट थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेका छन्। कोरोना पुष्टि भएका व्यक्ति स्वास्थ्य कर्मीको सम्पर्कमा आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहिबार अहिले सम्म ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस अगाडी बिहिबार बिहान कपिलवस्तुकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। जसमध्ये ३५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।