एथलेटिक लुकमा बोल्ड देखिएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा !

एजेन्सी , बलिउडकी लोकप्रिय अभिनेत्री सोनाक्षी सिन्हामा  चलचित्रमा प्रवेश गरे पश्चात अजीबको परिवर्तन भएको पाइन्छ। चलचित्रमा आउनु भन्दा अघि ९० किलोको तौल भएकी सोनाक्षीले पहिलो चलचित्रमा काम गर्नका लागि ३० किलोको तौल घटाएकी थिइन्।

पहिलो चलचित्रबाट नै सबैको मन मष्तिस्कमा बस्न सफल सोनाक्षीले हाल सम्म दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन।

हालै मात्र सोनाक्षीले आफ्नो इंस्टाग्राम मार्फत एथ्लेट्स लुकमा गराईएको  हट फोटोसुट सार्वजनिक गरेकी छिन। तस्बिरमा सोनाक्षीलाई अरेन्ज कलरको ज्याकेट र अफ्रिकी स्टाइलको हेयरस्टाइलमा हट देखिएको छ।

सोनाक्षीको उक्त तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले अत्याधिक रुपमा मन पराइरहेका छन। अक्सर सोनाक्षी  ट्रेडिसशनल लुकमा देखिने गरेकी छिन। उनको यो फोटोसुट सामाजिक संजालमा भाइरल भईरहेको छ।

कामको कुरा गर्ने हो भने सोनाक्षी छिट्टै नै चलचित्र ‘खानादानी शफाखाना’ मा देखिदै छिन।  उनका साथमा यस चलचित्रमा र्यापर बादशाह र बरुण शर्मा पनि मुख्य भूमिकामा रहेका छन। यसका अलावा सोनाक्षी चलचित्र मिसन मंगल , दबंग ३ र ‘भुज द प्राइड ऑफ इंडिया’ मा देखिने छिन।

 

 

 

 

 

 

 

प्रकाशित : आइतबार, असार २२, २०७६१२:२३

मलाईकासंगको विवाहको सन्दर्भलाई लिएर अर्जुनले दिए यस्तो जवाफ !