हमलाकारीहरुले निर्दोष बच्चाहरू पनि छाडेनन्, तस्विर देख्दा विश्व रोयो ! [तस्विर सहित]

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा ब-न्दुकधारीहरुले हमला गर्दा २ दर्जन भन्दा बढीले ज्यान गुमाए। ज्यान गुमाउनेहरुमा नवजात शिशु पनि थिए।

आक्रमण भएको दिननै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएकोमा त्यो संख्या बढेर २ दर्जन भन्दा बढी पुगिसकेको छ। अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदका अनुसार मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि कारबाही गरी नियन्त्रणमा लिइएको थियो।

अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा ब-म विस्फोटन भएको र त्यस बम ह-मला-मापछि बन्दुकबाट पनि आक्रमण गरिएको उल्लेख गरेका छन् ।

त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा ह-मला भएको हुन सक्ने अनुमान गरिएको छ।

त्यहाँ विदेशी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु पनि कार्यरत रहेका थिए । यद्यपि सो आक्र-मणको जिम्मेवारी कसैले लिएको छैन ।त्यस अस्पतालका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई ह-मलाकारीले नि-शाना बनाएकोले उनीहरुले विदेशी कर्मचारीलाई नै आ-क्रम-णको नि-शाना बनाएको हुनसक्ने बताइएको छ ।

आ-क्रम-णको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताइएको छ ।

-एजेन्सी 

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७१२:५३

अब उपत्यका भित्र पनि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने !