काठमाडौँ – बिहिबार बेलुका थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणबाट थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएकाहरुमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला रहेका छन्।
यस अगाडी बिहिबार बिहान कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुषमा कोरोनाको पुष्टि भएको थियो भने दिउँसो नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूषमा कोरोनाको पुष्टि भएको थियो।
नेपालमा आज एकै दिन ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।