भोलि बिक्रम संवत २०७६ साल असार महिनाको २३ गते सोमवार तद अनुसार सन् २०१९ जुलाई ८ तारिख , तपाईको दिन कसरी बित्ला हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सामाजिक तथा परोपकारको क्षेत्रमा मन जानेछ। पढाई लेखाइमा सफलता मिल्नेछ। ठुलाबडाको तर्फबाट तारिफ तथा प्रसंशा मिल्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। आर्थिक लाभ हुने अधिक सम्भावाना रहेको छ। नया कार्यको थालनी गर्नका लागि दिन शुभ रहेको छ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
अपेक्षा गरे भन्दा बढी नै सफलता पाइने दिन रहेको छ। निर्माण तथा व्यवहारिक कार्यमा मन लाग्नेछ। पढाई लेखाईको क्षेत्र अनुकुल रहेको छ। स्वास्थ्यमा अचानक समस्या देखिन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। समग्रमा वृष राशी हुनेहरुका लागि भोलिको दिन सामान्य रहेको छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
प्रतिस्पर्धात्मक कार्यबाट बिशेष फाइदा हुनेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। विदेश यात्रा पनि सुखद रहेको छ। मानसिक द्विविधाका कारण महत्वपूर्ण कार्य हात लागि हुने छैन। शारीरिक थकान तथा मानसिक तनावको स्थिति सिर्जना हुन सक्ला। इश्वर भक्तिमा मन लगाउनाले बिशेष लाभ हुने देखिन्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
सामान्य घरायसी समस्याले सताउने छ। साथी बनेर धोका दिनेहरु प्रसस्तै भेटिने छन। समाजमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। नया कार्यको थालनी गर्नका लागि समय उत्तम रहेको छ।कार्यमा सफलता मिल्नाले मनमा उत्साहको मात्रा बढेर जानेछ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
परिवारको साथ र सहयोग प्रसस्त मात्रामा मिल्नेछ। कार्यमा सफलता मिल्नाका साथै सहयोगीको साथ र सहयोग मिल्नेछ। आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जाने समय छ। बोलीको प्रभावले सबैको मन जित्न सकिने छ। समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
बोलीको प्रभावले सबैको मन जित्न सकिने छ। भविष्यका लागि दिर्घकालिन योजना बनाउन सकिने समय रहेको छ। शारीरिक तथा मानसिक प्रसन्नता छाउने छ। पारिवारिक वातावरण उल्लासमय रहने छ। शुभ समाचार सुन्न पाइने छ। सुखद यात्रा हुन सक्ने सम्भावना रहेको छ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। रिसलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जाने सम्भावना रहेको छ। धर्मकर्ममा मन जानेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
अचानक मित्रभेट हुन सक्ने सम्भावना रहेको छ। साथीभाईका साथमा घुम्ने फिर्ने अवसर मिल्नेछ। नोकरी व्यवसायको क्षेत्रमा आय आर्जन बढेर जानेछ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ। समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
ब्यापारमा गरेको लगानी सन्तोषप्रद रहेको छ। अपेक्षा गरे अनुरुप हरेक कार्य सरलतापुर्वक सम्पन्न भएर जानेछ। व्यापार व्यवसायका क्रममा विदेश यात्रा हुने सम्भावना रहेको छ। नोकरीमा पदोन्नति हुनेछ। सामाजिक तथा सार्वजनिक स्थानमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
धैर्यता पुर्वक अगाडी बढ्नाले चुनौती पूर्ण काम पनि सजिलै सम्पादन भएर जानेछ। बौद्धिक कार्यका लागि समय अनुकुल रहेको छ। साहित्य लेखनको कार्यमा रुचि बढ्नेछ। सरकारी कार्यबाट पर्याप्त लाभ मिल्नेछ। शारीरिक थकान र मानसिक तनावको स्थिति पैदा हुन सक्ला सावधान रहनु पर्नेछ। मकर राशी भएकाहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
मनमा क्रोधको भावना जागृत हुनेछ। शारीरिक थकानका कारण दैनिक कार्यमा ढिलासुस्ती आइपर्न सक्नेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। परिवारमा धार्मिक तथा मांगलिक कार्य हुन् सक्नेछ। खर्चको मात्रा बढेर जानेछ। इश्वर ध्यान भक्तिमा मन लगाउनाले बिशेष लाभ हुने देखिन्छ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
खानपानमा बिशेष ध्यान दिनु पर्नेछ अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्नेछ। मनमा सकेसम्म नकारात्मक भाव पैदा हुन नदिनु होला। साहित्य लेखनको क्षेत्रमा समय अनुकुल रहेको छ। ब्यापारी वर्गका लागि समय शुभ रहेको छ। स्वजनको भेटघाटले मन रमाउने छ। मनोरन्जनात्मक कार्यमा नै समय व्यतित हुनेछ। यश किर्तिमा वृद्धि भएर जानेछ।