भारतमा भयाभह बन्दै कोरोना: कोरोना संक्रमितको संख्यामा चीनलाई उछिन्यो !

एजेन्सी – कोरोना भाइरस संक्रमणबाट अति प्रभावित मुलुकको सूचीमा भारत एक स्थान माथि उक्लिएको छ।

शुक्रबार दिनभरिमा १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै भारत अति प्रभावित मुलुकको सूचीमा एक स्थान माथि उक्लिएको हो।

कोरोनाको उद्गमदेश चीनलाई पछि पार्दै भारत विश्वको सबै भन्दा बढी संक्रमित हुने ११ औं मुलुक बन्न पुगेको हो। शुक्रबार बिहान देखि साँझ सम्म मात्र भारतमा १ हजार ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जससँगै त्यहाँ संक्रमितको संख्या ८३ हजार ७२ पुगेको छ। शुक्रबार बेलुका सम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ सय ६२ पुगेको छ।

भारतका कुल संक्रमित मध्ये २८ हजार ७ सय ९२ जना निको भएर घर फर्किसकेका छन्। अहिले भारतका विभिन्न अस्पतालहरुमा ५१ हजार ६ सय १८ जनाको उपचार चलिरहेको छ।

चीनमा कोरोना

शुरुवाती समयमा कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको चीनमा अहिले सम्म ८२ हजार ९ सय ९३ संक्रमित फेला परेका छन्। जस मध्ये ४ शुक्रबार फेला परेका हुन्। चीनमा अहिले सम्म ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ।

विश्वभर

शुक्रबार बेलुका सम्म विश्वभर कोरोना संक्रमितको संख्या ४५ लाख ६९ हजार ६४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ लाख ४ हजार ७ सय ९४ पुगेको छ। सबै भन्दा बढी प्रभावित मुलुकको रुपमा रहेको अमेरिकामा संक्रमितको संख्या १४ लाख ६० हजार ९ सय ८८ पुगेको छ। त्यहाँ ८७ हजार २५ जनाले गुमाएका छन्।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१५:२२

भारतीय सेना प्रमुखले नेपालको भूमि मिचेको छैन भनेपछि नेपाली सेनाको यस्तो प्रतिक्रिया !