काठमाडौँमा एक जना सहित फेरी ९ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो !

काठमाडौँ – नेपालमा शुक्रबार बेलुका ९ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न ४ जिल्लामा गरी शुक्रबार बेलुका ९ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना पुष्टि हुनेहरुमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् । यस्तै उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१५:१६

भारतमा भयाभह बन्दै कोरोना: कोरोना संक्रमितको संख्यामा चीनलाई उछिन्यो !