काठमाडौँ असार २३ , श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिवल अवार्डमा नायिका स्वस्तिमा खड्काले चलचित्र बुलबुलबाट बेस्ट परफर्मर जुरी अवार्ड जितेकी छिन।
जुलाई २ देखि ७ सम्म एक हप्तासम्म चलेको फिल्म फेस्टिवलमा सहभागिता जनाउनका लागि स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन्। उनका साथमा चलचित्र प्रसादका तर्फबाट निर्देशक दिनेश राउत पनि स्वस्तिमा संगै श्रीलंका पुगेका थिए। आफुले सार्क फिल्म फेस्टिवलको ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ बाट सम्मानित भएको कुरा स्वस्तिमाले फेसबुक मार्फत जानकारी गराएकी हुन्।
अवार्ड आफ्नो हातमा परे पछिस्वस्तिमाले यो आफ्नो मात्र जित नभई सम्पूर्ण नेपालीको जित भएको जनाएकी छिन साथै बुलबुल चलचित्र टिमप्रति आभार प्रकट गरेकी छिन। राष्ट्रिय स्तरमा थुप्रै अवार्ड जिते पनि अन्तराष्ट्रिय स्तरबाट जितेको स्वस्तिमाको यो पहिलो अवार्ड हो। गत बर्षको फागुन देखि प्रदर्शनमा आएको विनोद पौडेलद्वारा निर्देशित चलचित्र बुलबुलमा स्वस्तिमाको कामको प्रसंशा सबैले खुलेर गरेका थिए। साथै समग्र चलचित्रलाई चलचित्र समिक्षकका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया मिलेको थियो।