एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा केहि दिन अगाडी एउटा अस्पतालमा भएको ह-मलामा परी २४ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेहरुमा नवजात शिशु पनि थिए। अफगानिस्तानमा भएको उक्त घटनाको अहिले विश्वभर आलोचना भइरहेको छ।
उक्त ह-मलामा परी केहि घण्टा अगाडी मात्र जन्मिएका शिशुहरु पनि शिकार भएका थिए। सोहि मध्ये एक थिइन्, मात्रै ३ घण्टा अगाडी जन्मिएकी शिशु पनि थिइन्।
नाजीया नाम दिइएको ती बालिकाको खुट्टामा दुई गो-ली लागेका थिए। गो-ली लागेका कारण उनको खुट्टा फ्याक्चर नै भएको थियो। तर, चिकित्सकहरुको टोलिले उनलाई बचाउन सफल भए।
काबुल स्थित इंदिरा गान्धी बाल अस्पतालका निर्देशक नूर उल-हक यूसुफजईले मात्रै तीन घण्टा अगाडी जन्मिएकी बालिका माथि भएको बर्बरताको आलोचना गर्दै उनलाई बचाउन सकिएकोमा खुसि व्यक्त गरे।
“हामीले उनको फ्याक्चर सर्जरी मार्फत ठिक गर्यौं। हुर्कंदै गएपछि उनी हिड्न सक्नेछिन्। मात्र तीन घटना अगाडी मात्र जन्मिएकी शिशु माथि यस्तो बर्बरता साँचै अमानवीय छ।”,उनले भने। नाजीयाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ। यधपी उनले आमा भने गुमाएकी छन्।
नाजीया मात्र नभई कयौं शिशुहरुले सो घटनाका कारण आमा गुमाएको बताइन्छ। घटनामा परी बाँच्न सफल भएका २० भन्दा बढी शिशुलाई स्तनपान गराउन स्थानीय एक अफगानी महिला अगाडी आएकी छन्।