काठमाडौँ – नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काटमाडौँ गरिएको परिक्षणका क्रममा विभिन्न जिल्लाहरुका ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।
शनिबार ६ जनामा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।