टिचिङ अस्पतालमा बिरामी भेट्न जाँदा कोरोना सर्यो !

काठमाडौँ – शुक्रबार कोरोना संक्रमणको पुष्टि भएका दाङ तुलसीपुरका तीन जना मध्ये एक जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत नभई बिरामी भेट्न अस्पताल पुगेका व्यक्ति रहेको खुल्न आएको छ।

यस अगाडी तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय ती संक्रमित पुरुष लामो समय देखि काठमाडौँ बस्दै आएको र उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको बताइएको थियो।

तर, सार्वजनिक भएको उक्त विवरण गलत रहेको र उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी नभई अस्पतालमा रहेका बिरामी आफन्तलाई भेट्न पुगेको खुलेको छ।

यस अगाडी शिक्षण अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको थियो। जसपश्चात न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमणको पुष्टि भएको हो। उनी न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न अस्पताल पुगेको बताइएको छ।

दाङका दुई कोरोना संक्रमितको उपचार हुँदै

दाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिए ।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए ।

गढवा–४का ३६ वर्षीय भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।

यसैबचि शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौँमा पुष्टि भएका तुलसीपुर –७ का ३४ वर्षीय स्वास्थ्यकर्मीको भने काठमाडौंमा नै उपचार भइरहेको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

प्रकाशित : शनिबार, जेठ ०३, २०७७०७:४७

फेरी मौसममा खराबी देखिने सङ्केत : मेघगर्जन, हावाहुरीसहित पानी पर्ने सम्भावना !