तपाईको राशीबाट थाहा पाउनुहोस् आफ्नो श्रीमानको व्यक्तित्व र स्वभाव!

 भनिन्छ  माया बिना संसार चल्दैन।  धेरै मानिसहरु मायाको खोजिमा भोका हुन्छन्।  धेरैजसो  युवतीहरु आफ्नो श्रीमानले आफुलाई कत्ति माया गर्छन्  भनेर जान्न चाहन्छन्। किनकि उनीहरुलाई आफ्नो श्रीमानको स्वभाव पहिले देखि नै भिन्न लाग्ने गर्छ। यदी तपाईलाई पनि यस्तै भएको छ भने एकपटक अफ्नो राशिफल पढ्नुहोस्। किनकि तपाइको श्रीमानको व्यवहारको राज तपाईको राशीमा लुकेको हुन्छ। ज्योतिषको अनुसार तपाईले  आफ्नो राशिबाट श्रीमानको व्यक्तित्व र स्वभाव यसरी जान्न सक्नु हुनेछ ।

१. मेष: यो राशी भएका युवतीहरु यस्तो युवकहरु प्रति आकर्षित हुन्छन्, जसले आफ्नो सम्बन्धलाई निकै ख्याल गर्ने गर्दछ । यो राशी हुने  युवतीहरुको श्रीमान प्रेम सम्बन्ध निभाउन निकै  कुशल हुन्छन् । मेष राशी हुने अधिकांश युवतीहरुको प्रेम विवाह हुने गर्दछ।

२. वृष: यो राशी हुने युवतीहरुको श्रीमानको व्यक्तित्व निकै राम्रो हुन्छ। यिनीहरुको शरीर पनि निकै आकर्षक हुने गर्दछ। यिनीहरु मनको धनि हुन्छन्। साथै यिनीहरु जिद्दी स्वभावका हुन्छन्।  त्यसैले कुनै पनि  कुरामा आफ्नो श्रीमानसँग बहस नगर्नुहोस।

३. मिथुन: यो राशी हुने  युवतीहरुको श्रीमान आफ्नो फैसलालाई लिएर दोधारमा हुने गर्दछ। जसको कारण धेरै पटक तपाईहरूमा  खटपट आउने गर्दछ। तर तपाइको श्रीमानले तपाईलाई निकै माया गर्दछ।

४. कर्कट: यी युवतीहरुको श्रीमान निकै फेशनेबल हुने गर्दछ। यिनीहरु जस्तो सुकै सम्झौता गर्न पनि पछि हट्दैनन्। त्यसैले यो राशी हुने युवतीहरुको माया विवाहमा परिणत हुनसक्छ।

५. सिंह: तपाईको श्रीमान साधारण खालका हुने गर्दछन् । यिनीहरुलाई धेरै तडक-भडक मन पर्दैन। यिनीहरु थोरै दार्शनिक खालका हुन्छन्। तपाइको श्रीमान समाजमा आफ्नो प्रतिष्ठाको निकै ख्याल गर्छन् ।

६. कन्या: तपाइको श्रीमान धार्मिक प्रकृतिका हुन्छन्। यिनीहरु निकै आकर्षक हुने गर्दछन्  । यिनीहरुलाई डान्स, म्युजिक, सिनेमामा धेरै रुचि राख्छन् ।

७. तुला: यी युवतीहरुको श्रीमान निकै आकर्षक हुन्छन्। यिनीहरु निकै साहसी र अरुलाई हसाउने खालका हुन्छन्। जसले गर्दा तपाईहरुको सम्बन्धमा सधै उत्साह बनिरहन्छ।

८. वृश्चिक: यी युवतीहरुको श्रीमानमा निकै सहनशीलता हुने गर्छ। जसले गर्दा तपाईहरुको प्रेम लामो समयसम्म टिक्छ। तर यिनीहरु जिद्दी स्वभावका हुने गर्छ।

९. धनु:  तपाईको श्रीमान हेप्ने प्रवृतिको हुन्छ। यिनीहरु अनुशासनमा बस्न मन पराउछन्। यिनीहरु तपाईलाई बहसमा राख्न खोज्छन्। जसले गर्दा तपाई धेरैपटक दुखि  बन्नुहुनेछ।

१०. मकर: यी युवतीहरुको श्रीमान मायालु हुने गर्दछन् । यिनीहरु निकै नै बिनम्र र बुद्धिमान हुन्छन्। यिनीहरु विलासिताको जीवन जिउन मन पराउछन्।

११. कुम्भ: तपाइको श्रीमान खुल्ला विचार र राम्रो  विश्लेषण गर्न सक्ने क्षमता भएका हुन्छन् । यिनीहरु जुनसुकै काम गर्न पनि सक्षम हुन्छन्। यिनीहरुको लुक्स निकै आकर्षक हुने गर्दछ।

१२. मिन: यी युवतीहरुको श्रीमान निकै शान्त स्वभावका हुन्छन्। तर यिनीहरुलाई कुनै पनि कुरामा दिक्क बनाउन हुदैन ।

प्रकाशित : बुधबार, चैत २०, २०७५१२:४५

संसार माथि विजय हासिल गर्न चाडक्यका १० विश्वचर्चित महान वाणिहरु आत्मसाथ गर्नुहोस्