काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले सामाजिक संजाल ट्वीटर मार्फत कोरोना संक्रमणका कारण सुत्केरी महिलाको ज्यान गएको प्रति दुख व्यक्त गरेका हुन्।
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको ज्यान गएको घटनाले आफूलाई दुःखी तुल्याएको प्रधानमन्त्रीको भनाई छ।
प्रधानमन्त्रीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेका छन्।
“कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।”,ओलीको ट्वीट छ।
बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको बिहिबार धुलिखेलमा ज्यान गएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो भने पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो।
उनी कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो व्यक्ति हुन्।
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020