नागढुंगामा स्वास्थ्यकर्मीमाथि दु-र्व्यवहार गर्ने उत्तम कार्की पक्राउ!

काठमाडौँ,  जेठ ४ । काठमाडौस्थित  चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका छन् । शुक्रबार नागढुंगा नाकामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दु-र्व्यवहार गरेको आरोपमा कार्की पक्राउ परेका हुन्। उनले जेठ २ गते शुक्रबार नागढुंगा नाकाबाट काठमाडौँ उपत्यका भित्रिन लागेको स्कोर्पियोलाई रोकेर सोधपुछ गरेका थिए। उक्त गाडी प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको थियो।
नागढुंगामा सुरक्षाकर्मीले चेकिङको लागि स्वास्थ्यकर्मीको उक्त स्कोर्पियोलाई रोक्ने क्रममा प्रहरी भन्दा अगाडी स्वयम सेवकको कार्ड लिएर बसेका उत्तम कार्की सहित केहि व्यक्तिले गाडी भित्र के छ भन्दै झोला खोलेर देखाउन लगाए ।  प्रहरीको काम भने गाडी रोक्नेमै सीमित भएको थियो । त्यसपछि कार्कीले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । र उनको चर्को विरोधसमेत भएको थियो।
सामाजिक संजालमा भिडियो भाइरल भएपछि प्रयोगशालाका निर्देशक कार्कीमाथि अ-भद्र व्यवहार गर्नेलाई कारबाही गर्न बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले माग गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कार्कीलाई आइतबार बिहान पक्राउ गरिएको हो।
कार्कीले सामाजिक संजालमार्फत भने आफ्नो गल्ति स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘मिति २०७७/०२/०२ गते काठमाडौ छिर्ने नाकामा स्वस्थ्यकर्मीको झोला हेर्न खोज्नु मेरो गल्ती हो म स्वीकार गर्छु।’
प्रकाशित : आइतबार, जेठ ०४, २०७७०८:०४

उपत्यकासहित देशभर गर्मी वढ्यो, आउने दिनमा अझै बढ्ने !