पातला मानिसहरुलाई भन्दा मोटालाई कोरोनाको जोखिम बढी !

काठमाडौँ – मोटा मानिसहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ। केहि अध्ययनहरुले तौल बढी भएकाहरुमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने देखाएको बीबीसीले जनाएको छ।

ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी रहेकाहरूमा मोटोपना नभएहरूमा भन्दा ३३ प्रतिशत बढी मृत्युको जोखिम रहेको देखिएको बीबीसीको भनाई छ।

साथै न्याश्नल हेल्थ सर्भिसको अर्को अध्ययनले कोभिड-१९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर देखाएको र अनुसन्धानकर्ताहरूले मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने बताएको बीबीसीको दावी छ।

बीबीसीका अनुसार ब्रिटेनको सघन उपचार कक्षमा रहेका गम्भीर बिरामीको अध्ययनले तीमध्ये करिब ३४.५ प्रतिशत बढी वजन भएका र ३१.५ प्रतिशत मोटोपना भएका रहेको देखाएको छ। विश्वव्यापी मोटोपना दर उच्च रहेकाले कोरोनाभाइरस सङ्क्रमित हुनेमा धेरैको बीएमआई २५ भन्दा माथि हुने वर्ल्ड ओबेसिटी फेडेरेसनले जनाएको छ।

यस अगाडीका विभिन्न अध्ययनहरुले मोटोपनका कारण मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने देखाइसकेको छ। तर, मोटोपनका कारण कोरोनाको जोखिम पनि बढी हुने हालसालैका अध्ययनहरुले देखाएको हो।

*बीएमआई मानिसको वजन र उचाइको अनुपात हो। यस अनुपातबाट कोहि पनि व्यक्तिमा मोटोपना रहेको अथवा नरहेको छुट्याइन्छ।

-बीबीसी

प्रकाशित : आइतबार, जेठ ०४, २०७७१०:२३

जुका-चुर्नाले सतायो भने खानुस् यी खानेकुरा, जुका-चुर्नालाई सजिलै मर्नेछन् !