जिउँदैमा परिक्षण नभएको प्रति विश्वप्रकाशको आपत्ति, प्रधानमन्त्री ओली माथि गरे कडा कटाक्ष !

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका युवकको मृ-त्युअगावै परीक्षण नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार सामाजिक संजाल ट्वीटर मार्फत नेता शर्माले युवकको मृ-त्युअगावै किन परीक्षण नगरेको भन्दै प्रश्न गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन समेत गरेका छन्।

“क्वारेन्टाइनमा मृ-त्यु । साँपले टोकेर? होइन। भुइँमा लडेर ,आगोले डढेर? होइन। हृदयाघात, मस्तिष्कघात या आ-त्मह-त्या? होइन जिउँदैमा न परीक्षण न अस्पताल न उपचार।केवल एक मान्छेको मृ-त्यु पनि शतप्रतिशत मृ-त्यु हो।”,ट्वीटरमा शर्माले लेखेका छन्।

यस्तै केहि समय अगाडी नेपाली भूमिमा भारतले सडक बनाउँदै गरेको आफूलाई थाहा नै नभएको बताएका प्रधानमन्त्री माथि शर्माले व्यंग्य पनि गरेका छन्। उनले सरकारले यो मृ-त्युको घटना सरकार छ त्यता भने थाहा भयो कि भएन भनेर कटाक्ष गरेका छन्।

“सरकार छ त्यता कतै? के यहाँसमक्ष घटनाको थाहा पुग्यो?”,नेता शर्माको कटाक्ष छ।

 

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०६:२४

देउवाले एमसीसी छिटो पास गरौँ भनेपछि आक्रोशित भए भीम रावल, गरे यस्तो प्रश्न !