शक्तिशाली बन्दै चक्रवात ‘अंपुन’: नेपालमा पनि असर पर्ने, सतर्क रहन आग्रह !

काठमाडौँ – दक्षिण बंगालको खाडीको मध्य भागमा चक्रवात बनिरहेको छ। उक्त चक्रवात शक्तिशाली बन्दै गइरहेको र त्यसले नेपालको मौसममा असर गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने बताइएको छ।

महाशाखाका अनुसार चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरिको मौसममा बदली हुनेछ।

उक्त चक्रवातका कारण मंगलबार पछि २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने हुँदा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

“हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।”,शक्तिशाली चक्रवात अंपुन सम्बन्धी अपडेट जारी गर्दै महाशाखाले भनेको छ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०७:२२

प्रदेश नं २ मा कोरोना सङ्क्रमित १३१