बाबुरामलाई च्यालेन्ज: “प्रमाणित भए म झुण्डिन्छु, प्रमाणित नभए डाक्टरहरु झुण्डिने हो?”

काठमाडौँ – समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवको अप-ह-रण गरेको आरोप लागेका सासंद कृष्ण कुमार श्रेष्ठ (किसान) आफूहरु माथि बिनाआधार आरोप लगाइएको बताएका छन्।

सोमबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले आफूहरु माथि लागेको आरोपको खण्डन गरेका हुन्।

आफूहरु माथि लागेको आरोप प्रमाणित गरेर देखाउन उनको चुनौती छ। आरोप प्रमाणित गरेर देखाए आफू सांसदहरुकै अगाडी झु-ण्डिन पनि तयार रहेको उनले बताए।

“केही हप्ता अगाडि यहाँ सांसद अ-पहर-णका कुराहरू आए र मलगायत माननीय महेश बस्नेत समेतको चरित्र ह-त्या गर्ने काम भयो। सम्पूर्ण माननीयहरूलाई साक्षी राखेर म भन्न चाहन्छु। अ-पहरणको आरोप लगाउनेहरुलाई म चुनौती दिन चाहन्छु। यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर म-र्न तयार छु”,उनले भने।

यस्तै उनले उक्त प्रकरणमा बारे सबै भन्दा खरो भएर उत्रिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

आरोप प्रमाणित भए आफू झु-ण्डिन तयार रहेको हुँदा आरोप लगाउने डाक्टरहरु झु-ण्डिन सक्छन् भनेर उनले प्रश्न गरेका छन्। “के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झु-ण्डिन तयार छन्?,”,उनले प्रश्न गरे।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०८:३७

“सीमामा तारबार लगाउनु हुँदैन” – राजपा नेता !