यी ३ शक्तिशाली राशिहरु हत्तपत्त हार मान्दैनन् !

हरेक मानिस आफुले  गरिएको काममा सफलता प्राप्त गर्न चाहन्छन्, तर सफल ति मान्छेहरु हुन्छन जोसंग निश्चित संकल्प र आत्मविश्वास हुन्छ । ज्योतिष शास्त्रअनुसार जसको कुण्डलीमा तीन ग्रह शुभ स्थितिमा रहने गर्दछन्, उनीहरुलाई कुनैपनि काममा निराशा प्राप्त हुदैन । पहिलो शुभ ग्रह हुन्छ शनि, यस ग्रहको कुण्डलीमा शुभ स्थितिमा भए भाग्यले सधै साथ दिने गर्दछ । दोस्रो र तेस्रो ग्रह हुने गर्दछ मंगल र बृहस्पति। यी दिनहरुमा शुभ स्थिति व्यक्तिलाई सधै सफलता प्राप्त हुने गर्दछ । १२ राशिहरुमध्ये ३ राशि यस्तो हुने गर्दछन् जो कुनैपनि अवस्थामा पनि हार मान्दैनन् । यी तीन राशिहरु धन, सुख-समृद्धि र आफ्नो जीवनमा प्रतिष्ठा बनाउनमा सधै सफल रहने गर्दछन् ।

मेष राशि

मेष राशि हुने व्यक्ति आफ्नो नेतृत्व क्षमताको कारण सधै आफ्नो क्षेत्रमा अब्बल रहने गर्दछ।  यी मानिसहरु आफ्नो बुद्धि कौशलता र आत्मविश्वासको बलमा हरेक काममा सफलता प्राप्त गर्ने गर्छन् । साथै यी व्यक्तिहरु राम्रो नेता र चर्चित वैज्ञानिक पनि हुने गर्छन ।

धनु राशि- धनु राशि, जो आफ्नो हरेक काममा सफलता पाउनको लागी ठुलै क्रान्तिकारी निर्णय लिने गर्दछन् । यस राशिको मानिसहरु ठुलो भन्दा ठुलो निर्णय तुरुन्त नै लिने गर्दछन् । आफ्नो कामलाई सफल बनाउनको लागी ज्यान दिएर मिहिनेत गर्ने गर्दछन् । यस राशिको व्यक्तिहरु निकै नै अनुशासित  हुने गर्दछन् । निश्चित समयमा नै आफ्नो काम पूरा गरि सफलता प्राप्त गर्ने गर्छन ।

मकर राशि- यो राशिका व्यक्तिहरु आफ्नो क्षमताको कारण उच्च पद प्राप्त गर्नमा सफल हुने गर्छन्। शनि र मंगलको विशेष कृपा यस राशिको मानिसहरुमा रहने गर्दछन्। यस राशिको व्यक्तिहरु आफ्नो मिहिनेतको कारण  धन, मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नमा सफल हुने गर्छन् । यस राशिको व्यक्तिहरु जुन कामको पछाडि लाग्दछन् त्यसलाई पूरा गर्नको लागि पुरै मिहिनेत गर्ने गर्दछन् । यिनीहरुको यही खूबी सबैभन्दा ठुलो पूजी हुन्छ ।

प्रकाशित : बुधबार, चैत २०, २०७५१२:५५

घरको मुख्यद्वारमा राख्नुहोस यी ४ चिज, लाग्दैन कसैको नजर!