साउन महिना सुरु हुनै लागिसकेको छ। साउन महिनालाई भगवान शिवको पबित्र महिनाको रुपमा लिने गरिन्छ। यस महिनामा भगवान शिवको पुजा आराधना गर्नाले बिशेष लाभ मिल्ने देखिन्छ। साउन महिनामा उपवास बस्नाले अनि शुद्ध खाना खानाले पनि जीवनमा अधिक सुख समृद्धि प्राप्त हुने मान्यता रहेको छ। ब्रत उपासनाका साथै साउन महिनामा खानपानमा पनि बिशेष ध्यान आवश्यक छ। भविष्य पुराणका अनुसार शरीरलाई रोग मुक्त बनाई राख्नु पनि मानवको एक मानवीय धर्म हो। जसले समाज र धर्मलाई उन्नतिको बाटो तर्फ लान मदत गर्दछ। यसै सन्दर्भमा आज हामी श्रावण महिनामा खान नहुने खानाको बारेमा बताउन जादै छौं ,
आउनुहोस श्रावण महिनामा के के खानु हुदैन त्यसका बारेमा केहि चर्चा गरौँ।
-साउन महिनामा सकेसम्म मासु , जाडरक्सी , लसुन ,प्याज आदिको सेवन गर्नु हानिकारक रहेको छ जसले लोकमा मात्र परलोकमा पनि शान्ति नपाउने मान्यता रहेको छ।
-हरिया सागपातको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। तर साउनको महिनामा हरिया सागसब्जीको सेवन सकेसम्म नगर्दा नै राम्रो हुनेछ।
-भन्टालाई धर्म शास्त्रमा अशुद्ध तरकारीको रुपमा लिईन्छ। त्यसैले साउन महिनामा यसको सेवन भुलेर पनि नगर्नुहोला।
-साउन महिनामा दुधको सेवन गर्नु पनि हानिकारक रहेको छ तर साउनमा दुधले भगवान भोलेनाथको अभिषेक गर्नु आवश्यक छ।
-दहि र दहिबाट बनेका चिजहरु पनि साउन महिनामा सकेसम्म नाखादा नै राम्रो हुनेछ।
-साउन महिनामा पाचन प्रणाली भएकाले चिल्लो पिरोजन्य खानेकुराको सेवन गर्नु हुदैन।
यो चिजको सेवन गर्नु आवश्यक छ
फलफूलमा स्याउ , केरा , आँप , जामुन आदि
सब्जिमा लौका , तोरी , गोलभेडा आदि
अन्नमा पुरानो चामल , मुंग , गँहु , मकै आदि
यी खानेकुराको सेवन श्रावण महिनामा गर्नाले भगवान शिव खुसि हुने र उनको कृपा जीवनभर पाइने मान्यता रहेको छ।