काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पछिल्लो केहि समय देखि सरकार विरुद्ध आक्रामक टिप्पणी गर्दै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेरै आलोचना गर्ने भट्टराई ओलीलाई “भष्मासुर” भन्न पनि पछि परेका छैनन्। केहि हप्ता अगाडी भट्टराईले ओलीलाई लगातार “भष्मासुर”को संज्ञा दिएर आलोचना गरेका थिए।
मंगलबार ओलीको संसदमा सम्बोधन पश्चात भट्टराईले आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भन्दै ओलीको आलोचना गरे। जसक्रममा उनले ओलीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको समेत भन्न भ्याए।
भट्टराई लगातार आलोचनामा उत्रिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक संजालमा भट्टराईको आलोचनामा उत्रिएका छन्। आक्रामक रुपमा प्रस्तुत हुँदै उनले भट्टराईलाई फुटेकाे शिशाकाे टुक्रामा आफ्नाे अनुहार हेर्न सुझाएका छन्।
काँग्रेसकाे सहयाेगमा गाेरखामा कृपापूर्वक चुनाव जितेको जनताले नभुलेको उनको दावी छ। थापाले भट्टराईलाई १ सिटे अस्थिरताका गाेटीको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कस्ताे व्यवहार गरिदिनुपर्ने भन्दै प्रश्न गरेका छन्।
लिम्पियाधुरासहितकाे नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदकाे निर्णय र सार्वर्भाैम संसदकाे ऐतिहासिक घाेषणाकाे गरेको विषयलाई देशभक्तिलाई “भाैगाेलिक राष्ट्रवाद”काे संज्ञा दिएर विराेध गरेको प्रति पनि उनको प्रश्न छ।
“देशभक्तिलाई ‘भाैगाेलिक राष्ट्रवाद’काे संज्ञा दिदै लिम्पियाधुरासहितकाे नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदकाे निर्णय र सार्वर्भाैम संसदकाे ऐतिहासिक घाेषणाकाे पनि यसरी विराेध गर्ने ? हिजाे ४० सूत्रीय माग पेश गर्दा नक्कली राष्ट्रवादी भई टाेपलेका “फण्डिङ पिएचडी”ले यति न-ग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्याे नि !”,थापाले सामाजिक संजालमा लेखेका छन्।
थप आक्रोशित हुँदै उनले लेखेका छन्,”नयाँ बानेश्वरमा प्रधानमन्त्रीले दिनुभएको दमदार मन्तव्यपछि झुसे बिरालाेका रूपमा पाे म्याउँ गरेकाे सुनियाे, …यसरी ! जसकाे सीता खायाे, उसकै गीता गायाे !लाजकाे पसाराे !!!”