ब्राजिलमा बितेको २४ घण्टामा अहिले सम्मकै बढी मृत्यु, संक्रमितको संख्या पनि उच्च !

एजेन्सी – दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा रहेको ब्राजिलमा एकै दिन हालसम्मकै बढी मृत्यु भएको छ। ब्राजिलमा बितेको २४ घण्टामा मात्रै १ हजार १ सय ३० जनाको ज्यान गएको छ। यो आजसम्मकै उच्च दैनिक मृत्यु संख्या हो।

यस्तै ब्राजिलमा बितेको २४ घण्टामा हाल सम्मकै सबै भन्दा बढी संक्रमित पनि फेला परेका छन्। त्यहाँ एकै दिन १६ हजार ५ सय १७ जना कोरोना संक्रमित फेला परेका छन्।

केहि दिन देखि ब्राजिलमा कोरोना संक्रमित तथा मृतकको संख्यामा उच्च वृद्धि हुँदै गएको छ। जससँगै ब्राजिलमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ८५ पुगेको छ भने मृतकको संख्या १७ हजार ९ सय ८३ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ फेला परेको कोरोना संक्रमितको संख्या पनि हाल सम्मकै उच्च हो।

ब्राजिलमा अहिले सम्म १ लाख ६ हजार ७ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने १ लाख ४७ हजार १ सय ८ जनाको उपचार चलिरहेको छ। जस मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ।

बुधबार मध्यान्न सम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८९ हजार २ सय ७० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ९ सय ७० पुगेको छ।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०७:१३

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै