प्रेस कार्ड बोकेर चोरी: सिसिटिभी फुटेजले यसरी पत्ता लगायो पत्रकारको भेषमा चोरी गर्ने गिरोह !

काठमाडौँ – प्रेस कार्ड बोकेर राजधानीका विभिन्न स्थानमा चोरी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको समयमा राजधानीमा चोरीका घटना बढ्दै गएपछि चोरी तथा लुटपाट घटना नियन्त्रणका लागि महानगरिय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलिले दुई जनालाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी स्थायी घर भई हाल काठमाण्डौं धुम्बाराही बस्ने २१ वर्षीय हम्मे भन्ने हिमाल रसाईली र बारा बड्की फुलबारी गा.पा. ३ घर भई काठमाण्डौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मिया रहेका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार विभिन्न स्थानमा भएका चोरीका घटनाको अनुसन्धान गर्दा सिसिटिभी फुटेजलाई अध्ययन गर्दा देखिएको मोटरसाइकलको आधारमा उनीहरुलाई चाबहिल भत्केको पुल बाट पक्राउ गरिएको हो।

पक्राउ परेपछि उम्कनको लागि उनीहरुले AP1 टेलिभिजनको प्रेसकार्ड देखाई आफू पत्रकार हो समेत भनेको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुको साथबाट एप्पल ब्राण्डका ल्यापटप, विभिन्न ब्राण्डमा मोबाइल, क्यामेरा, प्रोजेक्टर तथा रकम समेत बरामद गरेको छ।

पक्राउ परेकाहरु माथि महानगरिय प्रहरी बृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०७:५९

अस्पतालले भयो – “संक्रमितको मृत्यु भएको छैन, मन्त्रीले हचुवाको भरमा हल्ला फिँजाए”