एक्लो रहनु कत्तिको फाइदाजनक छ? के भन्छ त अध्ययन ? जानीराखौ!

हरेक मानिसलाई आरामदायी जीवन बिताउनका लागि कुनै न कुनै समय एकान्त या शान्तिपूर्ण वातावरणको आवश्यकता पर्दछ।  उनीहरुले कुनै समय अन्य व्यक्तिहरु भन्दा टाढा आफुसंग नै अधिकांश समय व्यतित गर्न आतुर हुने गर्दछन।  अधिकांशले भने एकान्तमा बस्न रुचाउनेहरुलाई डिप्रेशनको संज्ञा दिने गरेका छन।  तर एक अध्ययनले यस कुरालाई गलत साबित गरिदिएको छ। किनकि  जो मानिसलाई एकान्तमा रम्न मन पर्छ उक्त व्यक्तिले आफुलाई सहि तरिकाले चिन्ने र आफुले आफुलाई हर प्रकारका समस्याहरुको सामना गर्न सक्ने क्षमताका लागि सक्षम रहन्छन।

यूनिभर्सिटी अफ क्यालिफोर्निया र विलमिंगटन कलेजले एकसाथ यस अध्ययनको थालनी गरेका हुन्। अध्ययनका अनुसार जो ब्यक्ति एकान्तमा  बस्न रुचाउने गर्छ सो व्यक्ति आफ्नो जीवनलाई अरुको तुलनामा बढी सम्झेको र बुझेको हुन्छ। यदि उनीहरुलाई यसो गर्नबाट रोक लगाउने र एक्लो रहनका लागि बाध्य बनाउनाले मानिसहरु डिप्रेशनको शिकार हुन सक्छन। त्यसैले यस्ता  कुरामा बिशेष सावधानी अपनाउनु पर्दछ।

पछिल्ला केहि समयअघि गरिएको एक अध्ययनले एकान्तमा बस्ने मानिस डिप्रेशनको शिकार हुन सक्ने खुलासा गरिएको थियो भने हालै मात्र गरिएको अध्ययनमा भने एक्लोपन मन पर्नुलाई एक कलाका रुपमा समेत लिन थलिएको छ। यसै सन्दर्भमा कुन समय एक्लो बस्ने र कुन समयमा अरुका साथमा घुलमिल हुने भन्ने बारेमा आफुलाई मन लागेको जुनसुकै समयमा र आफ्नो खुसि अनुरुप एकान्तमा बस्नुलाई फाइदाजनक रहने समेत अध्ययनले जनाएको छ।

अघिल्ला केहि रिपोर्ट अनुसार जो व्यक्ति समाज या अन्य कुराहरुबाट टाढा रहन चाहन्छ सो मानिसको मानसिक स्थितिमा खलल पर्ने र डिप्रेशनको शिकार हुन सक्ने भनिएको भएता पनि हाल भने एकान्तमा बस्ने हर कोहिले जीवनलाई सरल र सहज ढंगबाट अघि बढाउन सक्ने क्षमतामा वृद्धि हुने तथ्य पत्ता लगाईएको छ। अनुसन्धानकर्ताका अनुसार आजकलको भागदौडको समयमा आफ्नो नियमित जीवनका लागि समय दिन नसकी रहेको अवस्थामा कतै एकान्त स्थानमा गएर आफ्नो पुरा समय  बिताउने कला सिक्न समेत जरुरी रहेको बताईएको छ।

प्रकाशित : बिहिबार, असार २६, २०७६०६:५५

एक झुप्पा रातो अंगुरको मुल्य यति धेरै , मुल्य सुनेर गर्नुहुने छैन यकिन हेर्नुहोस !