मदिराको तालमा आफैले घरमा आगो लगाएपछि …

गलकोट, बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।

बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो ।

घरगोठ जल्दा रु दुई लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए । घरधनी सुरजले रातिको समयमा म-दिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

श्रीमान्ले आफूहरुलाई कु-ट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमान्ले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताइन् ।

श्रीमान्ले अत्यधिक म-दिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनले गुनासो गरिन्। घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए। आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनमा बसेका घर फिर्ता

जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा क्वारेन्टिनमा बसेका २२ जना पिसिआर परीक्षणपश्चात् घर पठाइएको छ ।

तराईका जिल्ला तथा भारतबाट जिल्ला आएका २२ जना क्वारेन्टिनमा बस्दै आएको बागलुङ नगरपालिकाले जनाएको छ । उनीहरुको मङ्गलबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनीहरुलाई घर पठाइको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। “आइतबार स्वाब सङ्कलन गरी पोखरा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उनले भने, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

सो नगरपालिकाले निर्माण गरेको रामरेखा आधारभूत विद्यालयमा अहिले एकजनामात्रै र रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा तीनजनालाई राखिएको उनले जानकारी दिए। नगरपालकाले शुरुमा निर्माण गरेको २० श्यया क्षमताको क्वारेन्टिनलाई थप गरी ६० श्ययाको निर्माण गरेको छ ।

सो नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयोजनमा भारतबाट आएर भैरहवा तथा कैलालीलगायत जिल्लामा बस्दै आएका ५८ जनाको उद्धार गरिसकेको छ । नगरपालिकाले उद्धारलाई ध्यानमा राखी बागलुङ नगरपालिका–४ रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा ४० श्ययाको क्वारेन्टिन थप गरेको हो ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०७:२४

आफ्नै आमाको अङ्ग लु-च्छने पराईलाई आमा भनिदैन, चेतना भया: पुजा शर्मा!