काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कसैको दबावमा नझुक्ने बताएका छन्। सामाजिक संजाल ट्वीटर मार्फत थापाले नेपाल वार्ताबाट समाधान खोज्न तयार रहेपनि झुक्न भने तयार नरहेको बताएका हुन्।
सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै भारतले आएको र वार्ताबाट समधान खोज्ने सहमति विपरित भारतले कार्य गरिरहेको थापाले स्पष्ट पारेका छन्।
“सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको हो।वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो।नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन।”,थापाले ट्वीटरमा लेखेका छन्।
सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको हो।वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो।नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन
— Kamal Thapa (@KTnepal) May 21, 2020
थापाले अंग्रेजीमा समेत ट्वीट गर्दै थापाले भारतीय पक्षले कृत्रिम विस्तार गरेको भन्दै नेपाललाई लगाएको आरोपको खण्डन पनि गरेका छन्। सन् १८१६ को सन्धि अनुसार लिम्पीयाधुरा, कालापानी र लिपुलेख काली नदी पूर्व पर्ने र ती जमिन नेपालको हुने बताउँदै थापाले नेपाललाई अनावश्यक आरोप नलगाउन भारतलाई आग्रह गरेका छन्।
“सन् १९१६को सन्धि अनुसार काली नदी पूर्वका क्षेत्र नेपालका हुन् र लिम्पीयाधुरा, कालापानी र लिपुलेख काली नदी पूर्व पर्छन्। सन् १९६२ पछि ती क्षेत्रमा भारतले सेना ब्यारेक र सडकको निर्माण गर्दै आएको छ। यस्तो अवस्थामा ‘सीमाको कृत्रिम विस्तार’ को निम्ति जिम्मेवार कसलाई ठहराउने ? नेपाललाई कि भारतलाई”,थापाले लेखेका छन्।
नेपाललाई कसैले चालेको भन्ने भारतको आरोपको पनि थापाले खण्डन गरेका छन्। यस विषय नेपालले बितेको ६ दशक देखि उठाइरहेको हुँदा कसैले नेपाललाई उचाल्यो भन्न नमिल्ने थापाको तर्क छ।
“नेपालको क्षेत्र अतिक्रमण गरेर चीन जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि हामी हाम्रो राष्ट्रिय अखण्डता जोगाउन पहल गर्न बाध्य भयौं। कृपया नेपाललाई दोष लगाउने काम बन्द गर्नुस्।”
According to Treaty of 1816 ‘areas east of river Kali belongs to Nepal’.Limpiyadhura, Kalapani n Lipulekh lie east of Kali. After 1962 India built army barracks n roads in these areas of https://t.co/bv5k9U7F49 who is to be blamed for ‘artificial enlargement of territory’?
— Kamal Thapa (@KTnepal) May 21, 2020
According to Treaty of 1816 ‘areas east of river Kali belongs to Nepal’.Limpiyadhura, Kalapani n Lipulekh lie east of Kali. After 1962 India built army barracks n roads in these areas of https://t.co/bv5k9U7F49 who is to be blamed for ‘artificial enlargement of territory’?
— Kamal Thapa (@KTnepal) May 21, 2020
We’re not raising this issue out of blue or at ‘someone’s instigation’ now. Nepal has been raising this issue of encroachment at all levels since 6 decades. We agreed to resolve this thru bilateral dialogue. But, despite bilateral understanding India recently issued a new map….
— Kamal Thapa (@KTnepal) May 21, 2020
…covering Nepal’s territory and inaugurated the road built in this area linking China. So we’re compelled to take initiative to protect our national integrity.
Please stop blaming Nepal.
We’re ready to sit for dialogue n resolve this issue based on facts n evidences.— Kamal Thapa (@KTnepal) May 21, 2020