शान्ति सेनामा खटिँदा निधन भएका सेना अधिकृति लिन ट्युनिसिया उड्यो श्री एयर !

काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ ।

नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भोलिपल्ट शुक्रबार उताबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौँ अवतरण गर्नेे छ ।

श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

श्रम गरेपछि मात्र राहत

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ । अब गाउँपालिकाले श्रम गरेपछि मात्र राहत दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । उनले भने, “हामीले श्रमका आधारमा राहत वितरण गर्नेछौँ । यसरी श्रम गरेर राहत दिँदा श्रमलाई माया गर्ने, विश्वास गर्ने र सबै कुरामा राज्यसँग निर्भर हुनु नपर्ने हुँदा राज्यलाई समेत कम भार पर्ने भएकाले श्रम गरेर मात्र राहत दिने निर्णय पालिकाले गरेको छ ।”

त्यस्तै सो बैठकले अत्यावश्यक वस्तुको ओसारपसारका लागि प्रयोग हुने सवारी साधन आवश्यकताको आधारमा सम्बन्धित वडाध्यक्षको सिफारिसमा मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको छ । गाउँपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसकारी सङ्घसंस्था, बैंक तथा वित्तीय क्षेत्र, अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापार व्यवसायले स्वास्थ्य सुरक्षाका लागि मास्क, साबुनपानी तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०९:१३

दिनकै १ लाख भन्दा बढी संक्रमित भेटिन थाले, कोरोनाले डरलाग्दो रुप लिने अवस्था देखियो !