काठमाडौँ – भारतका एक जना वरिष्ठ भारतीय पत्रकारले कालापानी-लिपुलेक लगायतमा क्षेत्र नेपालकै रहेको बताएका छन्।
शुक्रबार भारतीय चर्चित आजतक रेडियोसँग कुराकानी गर्नेक्रममा वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले कालापानी-लिपुलेक लगायतमा क्षेत्र नेपालकै रहेको बताएका हुन्।
भारतले कब्जा गरिराखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको उनले दावी गरे। सन् १९६२ मा चीनसँग यु-द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर सेना राखेको र त्यहि क्षेत्रलाई भारतले पछि कब्जा गरेको उनले सो कुराकानीमा खुलासा गरे।
कालापानी र लिपुलेकको विषयमा भारत र नेपाल बीच धेरै अगाडी देखि विवाद रहेको उनले स्पष्ट पारे। भारतीय सेनाले नेपालको भूमिमा लामो समय देखि स्थायी अखडा बनाउँदा समस्या पैदा भएको र त्यसलाई सक्दो छिटो वार्ता मार्फत समाधान गर्नुपर्ने बताए।
“कालापानी र लिपुलेक विवाद दुवै नयाँ होइनन्। यस विवाद मिलाउन दुवै देशले ढिला गरिरहेका छन्। वार्तामा बसेर यसको समाधान गर्नुपर्छ।”,उनले उक्त सवादमा भनेका छन्।
उनले थप भनेका छन्,”कालापानी नेपालकै हिस्सा हो। सन् १९६२ मा चीनसँग यु-द्ध हुँदा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि कालापानीमा सेना राखेको थियो। भारतीय सेनाले स्थायी अखडा बनाउँदा त्यहाँ समस्या पैदा भएको छ। दुवै देशले वर्षा मार्फत विवाद समाधान गर्नुपर्छ।
यस्तै उनले भारतले सधैँ हेपाहा व्यवहार देखाइरहेको हुँदा नेपालले सहयोगको लागि कतै न कतै सहयोगको लागि ढल्नुपर्नेको र त्यो चीन भएको उनको भनाई छ।