नयाँबानेश्वरकामा कोरोना कहर, तीन घर सिल !

काठमाडौँ – कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए ।

ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप चार जनामा पुष्टि भएको हो भने शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

शनिबार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबै चार जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७०२:३०

बन्दाबन्दीमा शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?