बर्षा माथि गालीको वर्षा: भारतीय साथीको चिन्ता गरेपछि चर्को चर्को आलोचना !

काठमाडौँ – सामाजिक संजालमा नायिका बर्षा राउतको चर्को आलोचना भएको छ।

कालापानी-लिपुलेक लगायतका क्षेत्रलाई लिएर नेपाल भारत बीच चकिरहेको सीमाविवाद बारे दिएको अभिव्यक्तिका कारण राउतको सामाजिक संजालमा चर्को आलोचना भएको हो।

नेपाल र भारतबीच उत्पन्‍न सीमा विवादबारे नायिका राउतले दिएको अभिव्यक्ति यति बेला सामाजिक संजालमा भाइरस छ। भाइरल भिडियोमा नायिका राउत सीमा विवाद वार्ता मार्फत सुल्झाउनु पर्ने बताइरहेकी देखिन्छिन्। सीमा विवादका कारण आफ्ना भारतीय साथीसँग कुरा गर्न समेत गार्हो भएको राउतले बताएकी छन्।

“सीमा विवादबारे दुवै देशका पत्रकारहरुले जनताबीच विवाद उत्पन्‍न गराए। यो त राम्रो भएन, वार्ता गरेर समाधान गर्नुपर्‍यो। अब मैले मेरा भारतीय साथीसँग कसरी फेस देखाउनू। मेरा भारतीय साथीहरु पनि कसरी बोल्ने भन्‍ने समस्या भयो।”,उक्त भिडियोमा नायिका राउतले भनेकी छन्।

सामाजिक संजालमा भाइरस भइरहेको यस भिडियोमा प्रतिक्रिया दिने धेरै जस्तोले बर्षाको आलोचना गरेका छन्। नेपाली भूमि खतरामा हुँदा साथीको चिन्ता गरेको भन्दै उनलाई ट्रोल समेत गरिएको छ। केहिले उनी विरुद्ध तुच्छ टिप्पणी समेत गरेका छन्।

नेपाली भूमिमा सडक बनाएर भारतले उद्घाटन गरेपछि नेपाल र भारत बीचको सीमा-विवाद नयाँ चरणमा प्रवेश गरिसकेको छ। भारतले नेपाललाई पेल्दै जाने अवस्था देखिएपछि सरकारले उक्त क्षेत्र समेटेर नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७०५:५४

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरे !