काठमाडौँ – आइतबार थप १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा ४२ जिल्लामा कोरोना पुष्टि भएको जानकारी गराए। अहिले सम्म कोरोना पुष्टि भएहरु मध्ये ५ सय २४ जना पुरुष छन् भने ८९ जना महिला छन्।
आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएको देवकोटाले जानकारी दिए।
यस्तै नेपालमा अहिले सम्म ४८ हजार ८ सय १५ जनामा पिसिआर विधिबाट र ९० हजार २६ जनामा आरडीटि प्रविधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ। बितेको २४ घण्टामा पिसिआरबाट २ हजार ८ सय ५६ र आरडीटिबाट ३ हजार ७ सय ९१ परीक्षण गरिएको देवकोटाले जानकरी गराए।