एजेन्सी, अमला एक यस्तो फल हो जुन आफ्नो पोशक तत्वको लागि चिनिन्छ । यो आयुर्वेदिक चिकित्सामा ‘दिव्य आयु’ को रुपमा जानिन्छ जसमा निकै बिमारीहरुलाई टाढा राख्ने क्षमता हुन्छ । अमला एक अमिलो फल हो । यसलाई प्राय महको साथ खाइन्छ। महले अमलाको स्वाद बढाउने मात्रै नभई यसको लाभ पनि दुई गुणा बढाउछ । आउनुहोस् जानौँ यसका लाभहरु :
मह र अमलाको मिश्रण:
महको केहि थोपालाई अमलामा मिलाएर खाँदा यो स्वादिस्ट मात्र हुँदैन यसको निकै लाभ पनि हुन्छन् । अमला र महले धेरै बिमारीको उपचार गर्छ । विशेष रुपले घाँटीमा खसखस, चिसो, खोकी र फ्लुबाट राहत दिन्छ । महमा भिजाइएको अमलाले लिभरको कार्यक्षमतालाई प्रोत्साहन पनि गर्दछ, जसले इन्सुलिनको राम्रो उत्पादनमा मद्दत गर्दछ । नियमित रुपमा मह र अमला सेवन गर्दा तौल पनि घट्छ र कोलेस्ट्रोलको मात्रा पनि कम गर्दछ । यसको मिश्रणमा अद्भुत सौन्दर्य लाभ पनि छ र कपाललाई दुई गुणा बढाउँछ ।
कपालको लागी लाभदायक:
अमला स्वस्थ कपाल विकासलाई समर्थन गर्नको लागि एक उत्कृष्ट औषधि हो । यसले कपाललाई समय अगावै सेतो हुन कम गर्दछ । साथै तपाइको कपाललाई चमकदार र सुन्दर बनाउँछ । अमला र महको मिश्रणले कपाललाई बलियो बनाउनुको साथै सुख्खापन कम गर्दछ ।
आस्थमाको लागी लाभदायक
आस्थमाको लक्षणको उपचारको लागि पारम्पारिक उपचारहरु मध्ये एक हो अमला र महको मिश्रण । यसले कफको उत्पादन र स्वास समस्यालाई नियंत्रण गर्दछ । यसले तपाइको स्वास पथलाई सफा गर्न मद्दत गर्दछ ताकि तपाइले पुरा स्वास लिन सक्नुहोस् ।
रोग प्रतिरोधक क्षमता बढाउँछ:
अमला एक साचो फाइटर हो र महले यसलाई भित्ताको झैँ सहारा दिन सक्छ । महको साथ अमला सेवन गर्दा यसले निकै बिमारीको रोकथाममा लाभ पुर्याउँछ र तपाइको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
बुढ्यौली रोक्छ:
अमलाले छालाको गुणमा सुधार गरेर उमेर बढ्ने संकेतलाई रोक्दछ । एन्टी-अक्सिडेन्टबाट भरपुर भएको कारण यसले अक्सिकरणबाट हुने नोक्सानलाई कम गर्न मद्दत गर्दछ । अमलाको रसले कोशिकाको पुन निर्माणमा मद्दत गर्दछ । महले पिग्मेन्टेशनलाई कम गर्न र छालालाई सफत गर्न मद्दत गर्दछ ।