४२ जिल्लामा पुग्यो कोरोना ! कुन जिल्लामा कति ? [तथ्यांक सहित]

श्रोत: coronanepal.live

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण आज १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौँ , नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।

नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ) बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले बताए। नुवाकोटमा पहिलापटक सङ्क्रमण देखिएको हो ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ ।

नयाँ सङ्क्रमितको कन्ट्याक्ट टे«सिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको उनले बताए। कूल सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६०३ जना रहेका छन् जसमध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् । उनका अनुसार सङ्क्रमित ४२ जिल्ला पुगेका छन् ।

प्रदेश नंं १ मा सात जिल्लाका ८६, प्रदेश नंं २ मा आठै जिल्लाका १७९, वाग्मती प्रदेशमा एघार जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको उनले बताए।

सतासी जना ‘डिस्चार्ज’

प्रवक्ता डा देवकोटाले अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिए। उनका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।

प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।

आइतबार सम्मको तथ्यांक अनुसार सबै भन्दा बढी संक्रमित बाँके जिल्लामा फेला परेका छन्। अहिले सम्म त्यहाँ संक्रमितको संख्या १४२ पुगिसकेको छ। जस मध्ये १ जनाले ज्यान गुमाइसकेका छन् भने २१ जना निको भएर घर फर्किसकेका छन्। यस्तै सबै भन्दा धेरै संक्रमित देखा परेको जिल्लामा पर्सा रहेको छ त्यहाँ अहिले सम्म ९४ जना संक्रमित फेला परेका छन्। जसमा ७ जना निको भएर घर फर्किसकेका छन्।

आइतबार निवाकोटमा समेत कोरोनाको पुष्टि भएसँगै नेपालमा ४२ जिल्लामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जिल्ला अनुसार कोरोना संक्रमितको तथ्यांक निम्न छ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१२:४५

बन्दाबन्दीमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण