छिट्टै रिसाउने र अशिष्ट व्यक्तिहरु सँग ‘डिल’ गर्दा अपनाउनुहोस् यी ८ तरिका !

एजेन्सी, केहि मानिसहरु यस्ता हुन्छन् जो अरुलाई गलत साबित गर्न मात्र लागि परेका हुन्छन् । यिनीहरु यति पनि याद राख्दैनन् कि उनीहरुको कुरा सहि छ या छैन । उनीहरुलाई हरेक कुरामा आफैँ जित्नु पर्ने हुन्छ । उनीहरुको अगाडी कसैको कुनै कुराको केहि अर्थ हुँदैन । यसले निकै समस्याहरु उत्पन्न गर्दछन् ।

सबैसंग आफ्नो हकमा बोल्ने अधिकार हुन्छ । तथापि, तपाईंले के भन्नु पर्छ र कसरी आफैलाई व्यक्त गर्नु पर्छ भन्ने कुरा सिक्नु पर्छ र अझै पनि सकारात्मक र विनम्र हुनु पर्छ । सख्त, अशिष्ट र रुष्ट मानिसहरूसंग व्यवहार गर्न कहिलेकाँही निकै गाह्रो र चुनौतीपूर्ण हुन सक्छ । यदि तपाइँ यो चुनौतीपूर्ण समस्याबाट बच्न चहानुहुन्छ त आउनुहोस् जानौँ त्यस्ता व्यक्तिसंग डिल गर्ने तरिकाहरु :

तिनीहरुको अगाडी प्रयोग गर्ने गर्नुहोस् यि शब्दहरु :

धन्यवाद

सामन्य शब्द ‘धन्यवाद’ ले ठुलै चमतार गर्न सक्छ । यसले तपाइँको अगाडिको व्यक्तिलाई यो महशुस  गराउँछ कि उसको अशिष्ट र रुष्ट व्यवहारले तपाइँलाई केहि पनि फरक पर्दैन । तपाइँले कुन परिस्थितिमा कस्तो प्रतिक्रिया दिनु हुन्छ यसले निर्धारण गर्छ तपाइँको अगाडीको व्यक्तिको व्यवहारको कस्तो परिणत आउँछ । तयसैले तपाइँ आफ्नो विचार र व्यवहारलाई सधै सकारात्मक राख्नुहोस् ।

म तपाईंको दृष्टिकोणको कदर गर्दछु

यो एक अत्यन्त बुद्धिमानी दृष्टिकोण हो र यसले अगाडीको मानिसलाई देखाउँछ कि तपाइँ एक वयस्क व्यक्ति हुनु हुन्छ । अगाडीको व्यक्तिका नराम्रा टिप्पणीहरु उसको असुरक्षित महशुस र अस्थिर व्यक्तित्वको परिणाममा देखिन्छ । उनीहरुलाई यो महशुस गराउनुहोस् कि तपाइँ निकै सम्मान पूर्वक संवाद गर्नु हुन्छ । यदि यसले काम गरेन भने अर्को स्टेप जारी राख्नुहोस् ।

यस संवादलाई यहि समाप्त गरौँ 

यदि तपाइँलाई लाग्यो कि तपाइँको धैर्यता समाप्त हुँदै छ र तपाइँ संयम तरिकासंग संवाद गर्न सक्नु हुँदैन तब तपाइँ उक्त संवादलाई टुंग्याई दिनुहोस् । यदि उक्त संवाद अझै पनि चलिरह्यो भने तपाइँ आफुलाई सम्हाल्न सक्नुहुन्न र तपाइँको सम्बन्ध बिग्रिन सक्छ । र यदि तपाइँ उसको टिप्पणीहरुलाई स्वीकार गर्नुहुन्छ त तपाइँको आत्मसम्मानमा ठेस पुग्छ । त्यसैले संवादलाई समाप्त गर्नु नै उचित निर्णय हुन्छ ।

के तपाइँलाई यो सहि लाग्छ 

यदि तपाइँ एक समूहमा हुनुहुन्छ भने यो विशेष जवाफ हो । यसले अगाडीको व्यक्तिलाई यो आभाष दिलाउँछ कि तपाइँ निकै शान्त र संयमता पूर्वक प्रतिक्रिया दिनुहुन्छ ।

तपाइँको कुराले मेरो भावनालाई चोट पुर्याएको बारे के तपाइँ सचेत हुनुहुन्छ ?

यस्तो अवस्थामा सधै सारकाजमले मद्दत गर्दछ । यस तरिकाले तपाईं आफ्नो सकारात्मक मनोबल कायम राख्न सक्नु हुन्छ र अशिष्ट र रुष्ट व्यक्तिलाई परिपक्कताको साथ सम्हाल्न सक्नु हुन्छ ।

हजुर तपाइँ सहि हुनुहुन्छ

यद्यपि केही व्यक्तिहरूले यी शब्दहरू उच्चारण गर्न सक्दैनन्, तिनीहरू असीम मानिसहरूको व्यवहारमा अत्यन्त प्रभावकारी छन् किनभने तिनीहरू अर्को व्यक्तिलाई बुज्न सक्छन् कि तिनीहरू सही छन् र कुराकानीको अन्त्य गर्छन् । शायद तपाईं अघिल्लो रणनीतिले तपाईंलाई सन्तुष्ट हुनुहुने छैन, कम्तिमा तपाईं आफ्नो सकारात्मक ऊर्जाको संरक्षण गर्नुहुनेछ, र यहि हाम्रो लक्ष्य हो ।

तपाइँ सधै केहि नकारात्मक कुरा गर्न तैयार रहनु हुन्छ, हैन र ?

यसले उनीहरुलाई यो महशुस गराउँछ कि संवाद गर्दा शब्दको छनोट र परिमार्जन निकै आवश्यक हुन्छ । यसले तपाइँको अगाडिको व्यक्तिलाई तपाइँ प्रति टिप्पणी गर्न रोक्न सक्छ ।

हाँसो

यो निश्चित रूपमा एक प्रतिक्रिया हो कि कसैले कसैबाट अपेक्षा गर्दैन । हाँसोले कुनै पनि परिस्थितिलाई कम गम्भीर बनाउँछ । यसले अगाडिको व्यक्तिलाई यो महशुस गराउँछ कि उसको यस अशिस्ट व्यवहारले तपाइँलाई केहि फरक पर्दैन ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१३:०४

रुद्राक्षको प्रयोग गरि हटाउनुहोस् यी रोगहरु ! हेर्नुहोस् स्वास्थ्यमा रुद्राक्षको अचुक महत्व !