रुद्राक्षको प्रयोग गरि हटाउनुहोस् यी रोगहरु ! हेर्नुहोस् स्वास्थ्यमा रुद्राक्षको अचुक महत्व !

हिन्दू धर्म अनुसार रुद्राक्षको ठुलो महत्व रहने गर्छ । भगवान शिवसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पनि रुद्राक्षलाई ठुलो आस्था र बिश्वासको प्रतिक मान्ने गरिन्छ । रुद्राक्षको माला लगाएर हिंड्दा भगवान शिवको कृपा रहने भएकाले जस्तोसुकै संकटबाट पनि मुक्ति मिल्न सक्छ । यसैगरी रुद्रक्षको माला पहिरिएरमा आफ्नो शरिरमा देखिएका विभिन्न स्वास्थ्य समस्या लगाएत अन्य रोगहरु समेत कम हुँदै जाने बिश्वास रहेको छ । रुद्राक्षलाई यसमा हुने मुखको आधारमा बर्गिकरण गरिएको हुन्छ । रुद्राक्ष एक मुखे देखि १४ मुखे सम्म हुने गर्छ । आज हामी तपाईहरुलाई आ-आफ्नो रोग अनुसार कति मुखे रुद्राक्ष लगाउंदा उत्तम हुन्छ भन्ने कुरा बताउन जाँदै छौँ ।

*एक मुखे रुद्राक्ष दुर्लभ हुने गर्छ जुन कमै मात्रामा भेट्न सकिन्छ । यसलाई रुद्राक्ष मध्यको प्रमुख अर्थात महत्वपूर्ण मान्ने गरिन्छ । एक मुखे रुद्राक्ष खरिद गर्दा नक्कली सक्कली पहिचान गर्न आवश्यक हुन्छ । प्रायःमान्छेहरुले एक मुखे रुद्राक्षको नाममा नक्कली रुद्राक्षबाट ठुलो रकम असुल्ने गरेका छन्। एक मुखे रुद्राक्षले मुख्यतय हृदय सम्बन्धि रोगहरु कम गर्नमा ठुलो भूमिका खेल्ने गर्छ । यो पहिरिएर हिंडदा, शरिरमा रक्त संचारको राम्रो प्रबाह गराउन मद्धत मिल्ने गर्छ ।
* दुई मुखे रुदाक्षले पेट सम्बन्धि रोगसँग ठुलो सम्बन्ध राख्ने गर्छ । यसले कुनै पनि व्यक्तिको मानसिक तनाब हल गर्न मद्धत गर्दछ ।
*यदि कुनै बच्चालाई बारम्बार ज्वरो आईराख्छ भने उसलाई तिन मुखे रुद्राक्ष लगाउन सल्लाह दिने गरिन्छ । यस रुद्राक्षले ब्लड प्रेसर नियन्त्रण गर्न समेत ठुलो भुमिका खेल्ने गर्छ ।
*किडनी सम्बन्धि रोगहरु हुने व्यक्तिले ४ मुखे रुद्राक्ष लगाउन जरुरि हुन्छ ।
*पाँच मुखे रुद्राक्षले कलेजो सम्बन्धि रोगका साथै छाला सम्बन्धि रोगहरुको निवारणका लागि अहंम भूमिका खेल्ने गर्छ ।
*घाँटी ,गर्दन ,किड्नी ,योनरोग ,युरिन इन्फेक्सन र आँखाको समस्यामा कमि ल्याउनका लागि ६ मुखे रुद्राक्षले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।


*यदि तपाई मानसिक रोगले पिडित हुनुहुन्छ भने ७ मुखे रुद्राक्ष धारण गर्नुहोस् । यसले तपाईको यो समस्या हल गर्न मद्धत गर्नेछ ।
* यदि तपाईको दिमागमा रातको समयमा डरलाग्दा चिजहरु खेल्ने गर्छ या निन्द्रा नलाग्ने समस्या छ भने ८ मुखे रुद्राक्ष धारण गर्नुहोस् ।
*तपाईको शरिर अत्तिनै दुख्ने र पिडा हुने गरेको छ भने ९ मुखे रुद्राक्ष धारण गरि आफ्नो पिडा कम गर्नुहोस ।
*१० मुखेले कुनै पनि व्यक्तिको मानसिक तनाब हल गर्न मद्धत गर्नुको साथै आफुले आँटेका काम पुरा हुनेछ ।
*यदि कुनै गर्भवती महिलाको सधैजसो जिउ वा पेट दुख्ने समस्या भएमा ११ मुखे रुद्राक्ष धारण गर्न आवश्यक हुन्छ जसले दुखाई कम गर्न मद्धत गर्ने गर्छ ।
*बाह्र मुखे रुद्राक्षले मुख्यतय हृदय सम्बन्धि रोगहरु कम गर्नमा ठुलो भूमिका खेल्ने गर्छ र अष्टमाका बिरामीहरुका लागि यो निकैनै फलदयी हुने गर्छ ।
*मंसपेशी सम्बन्धि बिरामीका लागि तेह्र मुखे रुद्राक्ष लगाउन सल्लाह दिने गरिएको छ ।
*तनाब लिने र निराश देखिने व्यक्तिका लागि चौध मुखे रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ । यसले अनिन्द्राको समस्या सम्म हल गर्न मद्धत पुर्याउने गर्छ ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१३:१०

चरमसुखका बारे धेरैलाई थाहा नहुन सक्छ यी रहस्य !