२ महिने शिशु सहित एकै परिवारका १८ जनाले जिते कोरोना !

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण पराजित गर्नेको संख्या १०५ पुगेको छ।

आइतबार वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसन वार्डमा रहेर उपचार गराएकामध्ये थप १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएसँगै कोरोना पराजित गर्नेको संख्या १०५ पुगेको हो।

अस्पतालका अनुसार वीरगञ्ज–३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्।

उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमणको पुष्टि भएको थियो भने उनीहरुलाई पनि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

प्रकाशित : सोमबार, जेठ १२, २०७७०३:१२

कोरोना आशंका गरिएको व्यक्तिको आईसीयूमा मृत्यु !