राजपा–समाजवादी एकता जटिल: बाबुराम संघीय परिषद्को अध्यक्ष बनाउन खोज्दा किचलो !

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रिया जटिल अवस्थामा पुगेको छ । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएपछि रातारात एकताको घोषणा गरेका तराई केन्द्रीत दुई दलबीच नेतृत्व कसले लिनेमा विवाद चर्किएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

समाजवादी पार्टीले जसपा नेपालको संयोजकमा महन्थ ठाकुर, संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने गरी पार्टी दर्ता गराउन प्रस्ताव गरेपछि विवाद निस्किएको हो । राजपाले ठाकुरलाई एकीकृत पार्टीको अध्यक्ष रुपमा स्विकार गर्नुपर्ने र दुवै पार्टीबाट बराबर हैसियतमा एक÷एकजना राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको छ । बैशाख ८ गते राति पार्टी एकताको घोषणा गरेर भोलीपल्ट निर्वाचन आयोगमा उधारो दल दर्ता गरेका उनिहरुले ४० दिनभित्र सम्पूर्ण कागजपत्र बुझाउनुपर्नेछ ।

आयोगका अनुसार दल दर्ता गर्न विधान, नियमावली र घोषणापत्र दुई÷दुई थान, झाण्ड, लोगो, छाप, चुनाव चिन्ह रोज्नुपर्नेछ । यी विषय लगभग दुई पार्टीले टुंग्याएका छन् । करिब दुई साता बाँकी रहँदा महत्वपूर्ण मानिएको केन्द्रीय पदाधिकारीको नाम र केन्द्रीय कार्यकारिणी समिति वा सो सहरको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम बुझाउन समस्या भएको हो ।

राजपाले ठाकुरलाई संयोजकको नाममा भूमिका विहिन बनाएर भट्टराई र यादवले एकलौटी गर्ने गरी प्रस्ताव ल्याएको बताएको छ । शुक्रबार राजपाका अध्यक्ष मण्डलका नेताहरुको बैठकले समाजवादीको सो प्रस्ताव अस्विकार गर्ने निर्णय गरिसकेको छ । अध्यक्षमा महन्थ ठाकुर र संघीय परिषद्मा समाजवादी पार्टीबाट राख्ने राजपा नेपालको प्रस्ताव रहेको छ । यदि संघीय परिषद्मा भट्टराई रहने र केन्द्रीय कमिटीको अध्यक्षमा यादव रहने हो भने कार्यकारीणी समितिको अध्यक्षमा राजेन्द्र महतो रहनु पर्ने राजपाको दाबी रहेको एक नेताले बताए । तर त्यो विवादमा जानु भन्दा राम्रो दुवै पार्टीबाट एक÷एकजना राखेर दर्ता गराउनु उपयुक्त हुने राजपा नेपालका नेताको भनाई छ ।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले पद बाँडफाँडको विषयमा छलफल जारी रहेपनि अहिलेसम्म सहमति जुटिनसकेको बताए । उनले विवाद नरहेको बताउदै नेताहरुबीच समझदारी विकास हुँदै गएको दावी गरे । ‘पार्टीको शीर्षस्थ नेताको रूपमा एकजना संयोजक रहन्छन् । उनी पार्टीको संघीय परिषद्, केन्द्रीय समिति र केन्द्रीय तहका समिति तथा आयोगहरूको संयोजन गर्ने भूमिकामा रहनेछन्’, उनले अगाडी भने, ‘त्यसपछि संघीय परिषद्को अध्यक्ष र पार्टीको कार्यकारी काम गर्ने अध्यक्ष हुन्छन् । यसरी जिम्मेवारी बाडफाँट गरेर मिलाउँछौँ ।’

राजपाका अध्यक्ष मण्डलका सदस्य शरदसिह भण्डारीले भने मर्यादाक्रममा नेता ठाकुर पहिलो नम्बरमा रहने सहमति भए पनि पार्टी नेतृत्वको ‘मोडल’बारे सहमति हुन बाँकी रहेको बताए । उनले भने, ‘कुनै पार्टी कसैमा बिलय भएको होइन, एकताको सन्देश जाने गरि नेताहरूको व्यवस्थापन गर्ने मोडलहरूमा कुराकानी भइरहेको छ । हाम्रो तर्फबाट महन्थ ठाकुर अध्यक्ष हुनुहुन्छ ।’

प्रकाशित : सोमबार, जेठ १२, २०७७०३:३२

अस्पताल भर्ना, मृत्यु, सद्गगद्अनि कोरोना: नेशनल मेडिकल कलेजको गम्भीर लापरवाही !