काठमाडौँ – भरतपुर अस्पतालको आईसीयूमा रहेका एक बिरामीको मृ-त्यु भएको छ। कोरोना संक्रमितको उपचारको लागि तयार पारिएको भरतपुर अस्पतालको आईसीयूमा आइतबार राति एक बिरामीको मृ-त्यु भएको हो।
बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृ-त्यु भएको अस्पतालले जनाएको छ। आइतबार राति १२ बजे अस्पताल ल्याइएका उनको ३ बजे मृ-त्यु भएको अस्पतालको भनाई छ। मृ-त्यु भएका बिरामीमा निमोनियाको समस्या देखिएको बताइएको छ।
कोरोना भाइरस संक्रमणसंग मिल्दो-जुल्दो लक्षण देखिएका कारण उनीमा पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ।
प्रदेशसभा बैठक स्थगित
प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी गराएका छन् ।
आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।