मृत्यु भएका ७० वर्षीय संक्रमितको सम्पर्कमा आएका ६ जनामा कोरोनाको पुष्टि

काठमाडौँ – मृत्यु पश्चात कोरोनाको पुष्टि भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित उनलाई परिवारजनले जेठ २ गते नेशनल मेडिकल कलेजमा भर्ना गराएका थिए भने उनको उपचारकै क्रममा उनको जेठ ४ गते राति मृत्यु भएको थियो।

आइसियुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएका उनको वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएको थियो। जसपश्चात उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो भने उनको जेठ ४ गते मृत्यु भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणको रिपोर्ट नआउँदै उनको शव अस्पतालले परिवारलाई जिम्मा लगाएको थियो। मृतकका आफन्तले उनको अन्त्येष्टि गरिसकेका छन्।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१२:१५

कञ्चनपुरबाट आएकी युवतीको साँखुमा मृत्यु, पिसीआर परीक्षणको रिपोर्ट आउन बाँकि !