यस बर्षको चन्द्रग्रहण असार ३१ गते अर्थात् गुरु पुर्णिमाको दिन लाग्दै छ। यस दिन कुनै पनि शुभ कार्य गरिदैन। चन्द्र ग्रहणको सुतक काल भने ग्रहण लाग्नु भन्दा ९ घण्टा पहिलेदेखि नै लाग्नेछ। विभिन्न शास्त्रका मान्यता अनुसार ग्रहणले जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस दिन बिशेष सावधानी अपनाउनु आवश्यक छ। यसै अवसरमा आज हामी राशी अनुसार अपनाउनु पर्ने केहि उपायका बारेमा बताउन गईरहेका छौं आउनुहोस चन्द्रग्रहणको प्रभावबाट बच्न राशी अनुरुपको उपायका बारेमा जानिराखौं।
मेष
मेष राशी हुनेहरुका लागि यो समय त्यति लाभदायक रहेको छैन। नोकरी व्यवसायमा खासै सफलता मिल्नेछैन। व्यापार विस्तार गर्ने योजना यस समयमा सकेसम्म नबनाऊदा नै राम्रो हुनेछ। ग्रहणको प्रभावबाट बच्नका लागि मुसुरोको दाल दान गर्नाले बिशेष लाभ हुने देखिन्छ।
वृष
धैर्यताका साथ कार्य गर्नाले बिशेष लाभ हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखिनेछ। वृष राशी भएकाहरुका लागि ग्रहणको प्रभावबाट बच्नका लागि सुतक सुरु हुनु भन्दा पहिले सुक्तको पाठ गर्ने तथा मन्दिरमा दान गर्नु आवश्यक छ।
मिथुन
मिथुन राशी हुनेहरुका लागि चन्द्र ग्रहणको समयमा जीवनसाथीका बिचमा कलह सिर्जना हुने, अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहने भएकाले यस समयमा गाईलाई घाँस खुवाउनु उपयुक्त मानिन्छ।
कर्कट
चन्द्र ग्रहणले कर्कट राशी भएकाहरुका लागि क्रोधको मात्रा वृद्धि गर्नुका साथै मानसिक तनाव निम्त्याउने सम्भावना रहेको छ जसले गर्दा यस समयमा भगवान शिवको बिशेष पुजा आराधना गर्नु आवश्यक छ।
सिंह
सिंह राशी हुनेगरुका लागि चन्द्र ग्रहणको दौरानमा सन्तान कष्ट हुन सक्नेछ। बिद्यार्थीवर्गका लागि बिद्या प्राप्तिका लागि बाधा अड्चन देखा पर्नेछ। शत्रुको सामना गर्नु पर्नेछ। यी समस्याबाट मुक्ति पाउनका लागि चन्द्रग्रहणको समयमा भगवान बिष्णुको पुजा आराधना गरि गरिबलाई दान दिएमा यसको प्रभावबाट बच्न सकिन्छ।
कन्या
कन्या राशी भएकाहरुका लागि चन्द्र ग्रहणको समयमा प्रेम सम्बन्धमा सामान्य खटपट देखिन सक्नेछ। सन्तानको स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ने भएकाले यस समय हरिया छुरा या बस्त्र दान गर्दा बिशेष लाभ हुने देखिन्छ।
तुला
यस समय मानसिक अशान्तिको सामना गर्नु पर्ने छ। माताको स्वास्थ्यसम्बन्धी समस्याले सताउने छ। चन्द्र ग्रहणको अवधिमा कार्यक्षेत्रमा बिशेष सावधानी अपनाउनु आवश्यक छ। चन्द्र ग्रहणको प्रभावबाट बच्नका लागि तुला राशी हुनेहरुले २१ पटक श्री सुक्तको पाठ गर्नु लाभदायक रहेको छ।
वृश्चिक
जोश जाँगरका साथमा हरेक कार्य सफलतापुर्वक सम्पन्न हुनेछ। आयआर्जनका प्रसस्त स्रोत खुलेर जानेछ। चन्द्र ग्रहणको समयमा यसको प्रभावबाट बच्नका लागि हनुमानको अगाडी घ्युको दिपक जलाउने र हनुमान चलिसाको पाठ गर्नु पर्दछ।
धनु
धनसम्बन्धी कारोवार गर्दा सोचविचार गरेर मात्र अगाडी बढ्नु पर्ने देखिन्छ। परिवारमा मतभेदको अवस्था सिर्जना हुनेछ। यस समस्याबाट छुट्कारा पाउनका लागि चन्द्रग्रहणको समयमा भगवान बिष्णुको सहश्त्रनाम पाठ गर्नु उपयुक्त मानिन्छ।
मकर
मकर राशी हुनेहरुका लागि चन्द्रग्रहणको समयमा स्वास्थ्यमा सजकत अपनाउनु पर्नेछ। शारीरिक अस्वस्थताको अनुभूति हुनेछ। पति पत्नीका बिचमा आपसी झैँ झगडाको स्थिति सिर्जना हुन सक्ने भएकाले यस समय शनिदेवको पुजा अर्चना गर्नाले प्राप्त हुने देखिन्छ।
कुम्भ
मुल्यवान सामान चोरी हुन सक्ला विचार पुर्याउनुहोला। बिश्वास गरेकै व्यक्तिबाट धोका खान सकिएला सजक रहनुहोस।चन्द्र ग्रहणबाट हुने प्रभावबाट बच्नका लागि हनुमान मन्दिरमा गई हनुमान चलिसाको मन्त्र जप गर्नु आवश्यक छ।
मिन
चन्द्रग्रहणको अवधिमा मिन राशी भएकाहरुले आफ्नो वैवाहिक तथा प्रेम जीवनमा ध्यान दिनु पर्नेछ। बाणीमा संयम रहनुपर्ने छ। कसैसंग पनि अनावश्यक बाद विवाद र बहस नगर्दा नै उचित हुनेछ। उपायका रुपमा यस समय गाईलाई रोटीमा बेसार मिसाई खुवाउनाले लाभ मिल्ने देखिन्छ।