कञ्चनपुरबाट आएकी युवतीको साँखुमा मृत्यु, पिसीआर परीक्षणको रिपोर्ट आउन बाँकि !

साँखु – शङ्खरापुर नगरपालिका साँखुमा आज मृ-त्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय रीतु राईको मृ-त्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै मृ-त्यु भएको चापागाईंले बताए।

लक्षण देखिएपछि स्वाब परीक्षण गर्न आग्रह
बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कोभिड—१९ को लक्षण देखिएमा मात्र स्वाब परीक्षण गर्न सल्लाह दिएका छन् । उनले कोरोना परीक्षण गर्ने किट अभाव भएका समयमा लक्षण नदेखिएका र कोरोना जोखिमसम्बन्धी यात्राको इतिहास नभएकाहरुले परीक्षण गर्न आवश्यक नरहेको स्पष्ट पारे। मन्त्री जम्कट्टेलले भने, “ केही लक्षण नदेखे परीक्षणको आवश्यकता नै छैन, यो अभावका समयमा लक्षण नदेखिएकाले समेत परीक्षण गरेर किट खेर फाल्नु उचित छैन ।”

हेटौंँडाको आइसोलेशन कक्ष पूरा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कोरोना आइसोलेशन वार्ड भरिएको छ । वार्डका संयोजक भोला चौलागाईँले अब आइसोलेशनमा थप कसैलाई राख्न नसकिने बताए ।

भारतबाट आएका ३७ जना र मकवानपुरका ४० जना भर्ना भएपछि अहिले वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको संयोजक चौँलागाईँले जनाए । यसका साथै पटक पटक विद्युत् कटौती हुंँदा समस्या परेको र विकल्पमा केही व्यवस्था नभएको चौलागाईँको गुनासो छ ।

भारतबाट आएकाहरुमध्ये गाउँपालिका वागमती एक, मकवानपुरगढीका तीन, मनहरीका ६, कैलाशका नौ र बकैयाका पाँच तथा हेटौँडा उपमहानगरपालिका १० र थाहा नगरपालिकाका दुई जना रहेको बताइएको छ ।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१४:१५

अब देखि यस्ता नोट नचलाउने राष्ट्र बैंकको निर्णय !